लमजुङ । लमजुङको मर्स्याङदी गाउँपालिकाले पालिका अन्तर्गतका ज्येष्ठ नागरिकहरूमा निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ ।
गाउँपालिकाले विभिन्न समस्या भएर स्वास्थ्य उपचारका निम्ति आवश्यक परेका खण्डमा ७० वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई निःशुल्क एम्बुलेन्सको व्यवस्थापन गर्ने भएको हो ।
गाउँपालिकाको यस अघि भएको गाउँ सभाबाट नीति तथा कार्यक्रमबाट नै ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य उपचारका लागि निःशुल्क एम्बुलेन्स व्यवस्थापन गर्ने निर्णय पारित भएको थियो । सोही निर्णयलाई कार्यान्वयनमा ल्याइएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताएका छन् ।
गाउँपालिकाले ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्यमा समस्या भएर उपचारका निम्ति जिल्ला अस्पतालसम्म पुग्नु पर्ने भएमा वा जिल्ला अस्पतालबाट फर्कनु पर्ने भएमा गाउँपालिकाको आफ्नै एम्बुलेन्स मार्फत निःशुल्क सेवा दिने भएको हो । जिल्ला अस्पताल भन्दा बाहिर जानु परेमा भने सो सेवा उपलब्ध गराउन नसकिने गाउँपालिकाले जनाएको छ ।
पालिका भरिका ज्येष्ठ नागरिकहरूलाई समूह बनाएर विभिन्न चरणमा विभिन्न धार्मिक स्थलहरूको धार्मिक भ्रमण गराउने योजना बनाएको गाउँपालिकाले जनाएको छ । सो बाहेक गाउँपालिकाले ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण पनि गर्ने जनाएको छ । विभिन्न वडा स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीहरूलाई गाउँ टोलमा खटाएर ज्येष्ठ नागरिकहरूको नियमित निःशुल्क स्वास्थ्य परीक्षण गरिने गाउँपालिका अध्यक्ष गुरुङको भनाई छ ।
गाउँपालिकाले यसअघि देखिनै जेष्ठ नागरिक मध्ये ६० वर्ष माथिका एकल पुरुषहरूलाई नियमित भत्ता रकम पनि उपलब्ध गराउँदै आएको जनाएको छ ।
सम्बन्धित खबर
जिप अचानक गुड्दा चालकको च्यापिएर मृत्यु
लमजुङमा आफैले चलाएको ट्याक्टर पल्टिँदा च्यापिएर मृत्यु
पृथ्वीसुब्बा गुरुङको चुनावी प्रचारप्रसार अभियान दोर्दीबाट सुरु
लमजुङको दूधपोखरीमा डुबेका १८ वर्षीय मनोजको शव डेढ महिनापछि सशस्त्रले निकाल्यो
लमजुङको दूधपोखरीमा नुहाउने क्रममा भुजुङका १८ वर्षीय किशोर बेपत्ता
लमजुङमा पहिरोले पुरिएर मजदुरको मृत्यु
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह