लमजुङ । लमजुङको मर्स्याङदी गाउँपालिकाले पालिका अन्तर्गतका ज्येष्ठ नागरिकहरूमा निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने भएको छ ।
गाउँपालिकाले विभिन्न समस्या भएर स्वास्थ्य उपचारका निम्ति आवश्यक परेका खण्डमा ७० वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई निःशुल्क एम्बुलेन्सको व्यवस्थापन गर्ने भएको हो ।
गाउँपालिकाको यस अघि भएको गाउँ सभाबाट नीति तथा कार्यक्रमबाट नै ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य उपचारका लागि निःशुल्क एम्बुलेन्स व्यवस्थापन गर्ने निर्णय पारित भएको थियो । सोही निर्णयलाई कार्यान्वयनमा ल्याइएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताएका छन् ।
गाउँपालिकाले ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्यमा समस्या भएर उपचारका निम्ति जिल्ला अस्पतालसम्म पुग्नु पर्ने भएमा वा जिल्ला अस्पतालबाट फर्कनु पर्ने भएमा गाउँपालिकाको आफ्नै एम्बुलेन्स मार्फत निःशुल्क सेवा दिने भएको हो । जिल्ला अस्पताल भन्दा बाहिर जानु परेमा भने सो सेवा उपलब्ध गराउन नसकिने गाउँपालिकाले जनाएको छ ।
पालिका भरिका ज्येष्ठ नागरिकहरूलाई समूह बनाएर विभिन्न चरणमा विभिन्न धार्मिक स्थलहरूको धार्मिक भ्रमण गराउने योजना बनाएको गाउँपालिकाले जनाएको छ । सो बाहेक गाउँपालिकाले ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण पनि गर्ने जनाएको छ । विभिन्न वडा स्वास्थ्य केन्द्रमा कार्यरत कर्मचारीहरूलाई गाउँ टोलमा खटाएर ज्येष्ठ नागरिकहरूको नियमित निःशुल्क स्वास्थ्य परीक्षण गरिने गाउँपालिका अध्यक्ष गुरुङको भनाई छ ।
गाउँपालिकाले यसअघि देखिनै जेष्ठ नागरिक मध्ये ६० वर्ष माथिका एकल पुरुषहरूलाई नियमित भत्ता रकम पनि उपलब्ध गराउँदै आएको जनाएको छ ।
सम्बन्धित खबर
लमजुङको दूधपोखरीमा डुबेका १८ वर्षीय मनोजको शव डेढ महिनापछि सशस्त्रले निकाल्यो
लमजुङको दूधपोखरीमा नुहाउने क्रममा भुजुङका १८ वर्षीय किशोर बेपत्ता
लमजुङमा पहिरोले पुरिएर मजदुरको मृत्यु
लमजुङ कारागारको पर्खाल भत्किएपछि सबै कैदी र थुनुवालाई पोखरा र दमौली सारियो
बेँसीसहर–चामे सडकमा राति सवारी सञ्चालनमा रोक
स्याङ्जामा रास्वपाका नेताहरूलाई काँग्रेसबाट निर्वाचित वडाध्यक्ष सुनिल खनालले रड हाने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’