पर्वत । अन्तर्राष्ट्रिय पर्वत समाजको अध्यक्षमा गुणराज शर्मा चयन भएका छन् । समाजको चौथो अधिवेशनबाट शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।
संस्थाको बरिष्ठ उपाध्यक्ष रहेका शर्मा सर्वसम्मत रुपमा आगामी २ वर्षे कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन् । शर्मा हाल स्विजरल्याण्डमा बसोबास गर्दै आएका छन् । अन्य पदाधिकारी तथा सदस्यहरु पनि सर्वसम्मत रुपमा चयन गरिएको समाजले जनाएको छ ।
बरिष्ठ उपाध्यक्षमा दधी आचार्य (बेलायत), उपाध्यक्षहरुमा क्रमशM बाबुराम शर्मा (अमेरिका), शेषराज तिमिल्सिना (कतार), मणि प्रसाद भुर्तेल (युएई), सुभाष लामिछाने (जापान), महिला उपाध्यक्षमा संगिता कार्की कुँवर (दक्षिण कोरिया) चयन भएका छन् ।
महासचिवमा प्रकाश पौडेल (बेल्जियम) चयन भएका छन् । सचिवमा क्रमश: कमल लामिछाने (युएई), रुद्रमणी लम्साल (बेल्जियम), सन्तोष पौडेल (स्पेन), नवीन पराजुली (दक्षिण कोरिया) र रामकृष्ण रेग्मी (क्यानडा) रहेका छन् । कोषाध्यक्षमा तिलक सापकोटा (युएई ), क्षेत्रीय संयोजकहरुमध्ये मध्य पुर्व संयोजकमा राम शर्मा (बहराइन), एसिया प्यासिफिक संयोजकमा मुक्ती रेग्मी (जापान) र अमेरिका संयोजकमा रबिन शर्मा चयन भएका छन् ।
समाजको सदस्यहरुमा युवालाल सापकोटा (युएइ), ओम प्रकाश न्यौपाने (युएइ), रमेशराज जैसी (जापान), सेवक वि.क. (कतार), विकास लामिछाने (कतार), नन्दलाल वि.क (कतार) र विनोद जिसी (स्विजरल्यान्ड) चयन भएका छन् ।
सम्बन्धित खबर
अब फिल्मका लागि गीत नगाउने अरिजित सिंहको घोषणा
अमेरिकाबाट ९० नेपाली डिपोर्ट, हालसम्म ४ सय बढी नेपाली डिपोर्ट
भारतको हिमाचलमा आगलागीसँगै ग्यास सिलिन्डर विस्फोटमा ९ नेपालीको मृत्यु
गायक प्रशान्त तामाङ रहेनन्
अमेरिकाको ग्रिन कार्ड लटरी ट्रम्प प्रशासनद्वारा स्थगित
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो