पोखरा । आइतबार पोखरामा दूई गीत लोकापर्ण भएका छन् । विनोद वानियाँको संगीत र राजाराम पौडेलले रचना गरेका ‘साना बाबु नानी हामी’ र ‘हामी गीत गाउँछौं’ गीत जोजिजु म्युजिकल जर्नी २०८० कार्यक्रमको आयोजना गरेर लोकापर्ण गरिएको हो । जोजिजू म्युजिक सेन्टरको प्रस्तुतीमा निर्माण भएका दुवै गीत कवि एवं संस्कृतीकर्मी तीर्थ श्रेष्ठले लोकापर्ण गरेका हुन् ।
पत्रकार समेत रहेका पौडेलको रचना र गायक समेत रहेका वानियाँको संगीत रहेको ‘साना बाबु नानी हामी’ बोलको बाल गीतमा आवाज उत्पेरणा जोजिजूको रहेको छ । राजेश विष्टले एरेन्ज गरेको गीतको मिक्सिङको जिम्मेवारी बार डिजिटल स्टुडियोमा बुद्धराज ब्रजाचार्यले पुरा गरें । गीतको म्युजिक भिडियो नेत्र गुरुङले निर्देशन तथा सम्पादन तयार भएको छ । पोष्ट प्रोडक्सनको काम नेत्र इन्टरटेन्मेन्ट गरिएको भिडियोको छायाकंन दिपेश केसीले गरेका हुन् ।
यसैगरी पौडेलको रचना र वानियाँकै संगीत रहेको ‘हामी गीत गाउँछौं’ बोलको गीतमा विनित जोजिजू, सानु जोजिजू, उत्प्रेम जोजिजू र उत्प्रेरणा जोजिजूको आवाज सुन्न पाइन्छ । राजेश विष्टले एरेन्ज गरेको गीतको मिक्सिङ बार डिजिटल स्टुडियोमा बुद्धराज ब्रजाचार्यले गरेका हुन् । गीतको म्युजिक भिडियो रोहन नेपालीले निर्देशनमा तायार भयो । सम्पादन र पोष्ट प्रोडक्सनको काम अर्को प्रोडक्सनमा गरिएको गीतको छायाकंन सुवास सुवेदीले गरेका छन् ।
जोजिजू म्युजिक सेन्टर तथा म्युजिक स्कुलका प्रबन्ध निर्देशक विनित जोजिजुको अध्यक्षतामा भएको कार्यक्रममा संस्कृतीकर्मी तीर्थ श्रेष्ठ, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेल, संगीतकार विनोद वानियाँ, रचनाकार राजाराम पौडेल, ग्लोबल कलिजियट स्कुलका प्रिन्सीपल बाबुराम पन्त, सञ्चारकर्मी सञ्जय कुमार मल्ल लगायतले लोकापर्ण गरिएका गीत तथा जोजिजू म्युजिकल जर्नीको बारेमा भनाई राखे । उनीहरुले लोकार्पण गरिएका दुवै गीतले दर्शक श्रोता माया प्राप्त गर्ने विश्वास व्यक्त गरें ।
कार्यक्रममा सानु जोजिजु, उत्प्रेम जोजिजू, पप्पु थापा मगर, शंकर गुरुङ, विमल परियार, सागर गुरुङ र प्रविन सारु मगरले दशैं धुन तथा राग प्रस्तुत गरेका थिए ।
आज भन्दा २० वर्ष अगाडि स्थापना भएको सेन्टरले हरेक वर्ष घटस्थापनाको दिन पारेर म्युजिकल जर्नी कार्यक्रमको आयोजना गर्ने गर्दछ । कार्यक्रममा संगीत क्षेत्रमा रुचि राख्ने विभिन्न व्यक्तिको सहभागीता रहेको थियो ।
सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा