पोखरा । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक मदन कुँवर गण्डकी प्रदेशको उत्कृष्ट जिल्ला प्रमुख बनेका छन्। गण्डकी प्रदेश प्रहरी कार्यालयले कुँवरलाई उत्कृष्ट जिल्ला प्रमुखको रुपमा छनोट गरेको हो । उत्कृष्ट जिल्ला प्रमुख कुँवरलाई ६८ औं प्रहरी दिवसको अवसर पारी आज सम्मान गरेको छ ।
त्यसैगरी सर्वोत्कृष्ट अनुसन्धान तर्फ गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी वरिष्ठ नायव निरीक्षक राम बहादुर क्षेत्री अधिकारी, उत्कृष्ट बाह्य प्रशिक्षण तर्फ गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी नायव निरीक्षक रुद्र बहादुर दरै, सुचना संप्रेशण तथा जनचेतना अभिवृद्धि तर्फ गण्डकी प्रदेश प्रहरी गण पोखराका प्रहरी सहायक निरीक्षक सहदेव पौडेल सम्मानित भएका छन् ।
उत्कृष्ट सवारी चालक तर्फ गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी सहायक निरीक्षक जगेन्द्र गाहा, इलाका प्रहरी कार्यालय चन्द्रवती तनहुँका प्रहरी जवान कुमार फाल मगर योगेन्द्र स्मृति शाहसिक पुरस्कार र गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराका प्रहरी जवान किरन थापा बाह्य प्रशिक्षण तर्फ उत्कृष्ट भएका हुन् ।
त्यसैगरी प्रहरी कार्यमा सहयोग पुर्याउने पोखरा १५ का समाजसेवी एवं शिक्षाविद प्रेम बहादुर थापा र मुस्ताङ थासाङ गाँउपालिका २ कोबाङ हाल म्यादी अन्नपूर्ण ३ दाना निवासी बेनी जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनलाई सम्मानित भएका छन् ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयनमा प्रभावकारी ढंगबाट सहयोग पुर्याउने सर्व साधारण तर्फ सामुदायिक प्रहरी सेवा केन्द्र बगर कास्कीका राम प्रसाद अधिकारी, सामुदायिक सेवा केन्द्र माटेपानी कास्कीका अध्यक्ष मिरा आचार्य, सामुदायिक प्रहरी सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र बगर कास्कीका पूर्व अध्यक्ष मनपति भण्डारी र सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथ कास्कीका संस्थापक अध्यक्ष मोति गिरी सम्मानित भएका छन् । त्यस्तै सामुदायिक प्रहरी साझेदारी कार्यक्रम कार्यान्वयन प्रभावकारी ढंगबाट सहयोग पुर्याउने स्थानीय तहतर्फ स्याङजाको अर्जुनचौपारी गाँउपालिका र बाग्लुङको बडिगाढ गाउपालिका सम्मानित भए ।
८५ वर्ष भन्दा बढी उमेरका पूर्व प्रहरी कर्मचारीतर्फ कास्कीको रुपा गाँउपालिका ५ देउरालीका पूर्व प्रहरी सहायक निरीक्षक सिद्धिनारायण श्रेष्ठ सम्मानित भएभने नेपाल प्रहरी विद्यालय उत्कृष्ट शिक्षक तर्फ नेपाल पुलिस स्कुल बेलचौतारा तनहुँका मा.बि. नेपाली शिक्षक राजन सिग्देल सम्मानित भए । सम्मानितहरुलाई गण्डकीप प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान पत्रले सम्मान गरेका थिए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसमा पहिलो सेमेस्टरका नयाँ विद्यार्थीलाई अभिमुखीकरण
पोखरा उद्योग व्यापार मेलाको आकर्षण: क्यान इन्फोटेक-२०८२, UNV ले गर्यो सहकार्य
पर्यटन प्रवर्द्धन गर्न पोखरामा दाइँ महोत्सव
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’