पोखरामा मोटरसाइकल दुर्घटना हुँदा गोरखाका युवकको मृत्यु, दुई जना घाइते

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा गोरखाका युवकको मृत्यु, दुई जना घाइते

road-accident-1597561408

पोखरा। पोखरामा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बिहिबार साँझ पोखरा महानगरपालिका -२५ फुर्केटारी चोकमा ग १६ प २९१ नंवर र बागमती प्रदेश ०२ -०१६ प ७०८४ नंवरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा गोरखा जिल्ला पालुङटार घर भएका ३० वर्षीय राज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा राति ८:१० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

यस्तै, दुर्घटनामा घाइते भएका बागमती प्रदेश ०२-०१६ प ७०८४ नंवरका मोटरसाइकल चालक र पछाडी सवार व्यक्तिको पश्चिमान्चल क्षेत्रिय अस्पतालमा उपचार भइरहेको छ।

हाल दुवै मोटरसाइकललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ