नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी

नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी

dashain

नवदुर्गाको प्रसाद स्वरुप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको चहलपहल जारी छ ।

विजयादशमीका दिन ९ दिनसम्म पूजा आराधना गरी देवी बिसर्जन गरेपछि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।

विजया दशमीको दिन मान्यजनकहाँ जान नपाएकाहरू एकादशीका दिन टीका थाप्न हिँडेका हुन् ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रुपमा कुनै बाधा नरहेको बताउछन् । केही दिन सुनसान रहेको राजधानी सहरमा बुधबारदेखि भने केही चहलपहल बढ्न थालेको देखिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds