त्रिदेशीय टी-२० सिरिजमा आज नेपाल र युएईबीच फाइनल हुँदै

त्रिदेशीय टी-२० सिरिजमा आज नेपाल र युएईबीच फाइनल हुँदै

Cricket

काठमाडौं । आजको त्रिकोणात्मक टी–२० आई सिरिजमा उपाधिका लागि नेपाल र युएईबीच फाइनल खेल हुँदैछ । हङकङलाई हराउदै नेपाल र युएई शीर्ष दुईमा रहँदै फाइनल पुगेका हुन् ।

फाइनल खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुने नेपाल क्रिकेट एसोसिएन क्यानले जनाएको छ । नेपालले युएई र हङकङलाई दुई–दुई खेलमा पराजित गरेको थियो ।

युएई र हङकङले समान एक खेल जिते पनि नेट रनरेटको आधारमा हङकङलाई पछि पार्दै युएई दोस्रो भएर फाइनल पुगेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ