त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधि युएईलाई, नेपाल चार विकेटले पराजित

त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधि युएईलाई, नेपाल चार विकेटले पराजित

Cricket-nepal-vs uae

काठमाण्डौ। घरेलु टोलीलाई ४ विकेटले हराउँदै त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधि युएईले उचालेको छ। शुक्रबार सम्पन्न सिरिजमा नेपाललाई ४ विकेटले हराउँदै युएईले उपाधि जितेको हो।

जितको लागि एक सय ६३ रनको विजयी लक्ष्य पछ्याएको यूएईले १९ ओभर ५ बलमा ६ विकेट गुमाउँदै पूरा गर्‍याे ।

त्यसअघि किर्तिपुरस्थित त्रिवि क्रीकेट मैदानमा युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६२ रनको योगफल तयार पारेको थियो।

नेपालले सिरिजमा युएईलाई ७ विकेट र ५ विकेटले हराएको थियो। भने, हङकङलाई पनि दुबै खेलमा ६ विकेट र ७९ रनले हराएको थियो।

उता युएई अन्तिम खेलमा हङकङसँग ६९ रनले पराजित भएपनि नेटरनरेटको फाइनल खेलेको हो।

अब सोमवारदेखि आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट शुरु हुनेछ । समूह ए मा नेपाल, ओमान, सिंगापुर र मलेसिया छन् । समूह बी मा हङकङ, यूएई, बहराइन र कुवेत छन् । फाइनल पुग्ने दुई टोली २०२४ मा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ