टी-२० विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा

टी-२० विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा

Nepali_cricket_team_1024x6241677836143_1024

काठमाण्डौ। आइसीसी टी-२० विश्वकप अन्तर्गत एसिया क्षेत्र छनोट खेलका लागि नेपाली टिमको घोषणा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले टि-२० विश्वकप छनोट खेल्ने १५ सदस्यीय नेपाली टिम घोषणा गरेको हो।

टोलीमा कप्तान रोहितकुमार पौडेलसँगै कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, अविनास बोहरा, प्रतिश जीसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी छन् ।

टोलीमा परिवारलाई समय दिने भन्दै त्रिदेशीय टी–२० शृङ्खला नखेलेका सन्दीप लामिछाने पनि समेटिएका हुन् । आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोट सोमवारदेखि आउँदो २० गतेसम्म नेपालको मूलपानी र त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ