‘आईसीसी मेन्स टी–२० वर्ल्ड कप एसिया क्वालिफायर’ अन्तर्गतको सिंगापुरविरुद्धको खेलमा ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले सबैभन्दा धेरै रकम पाउने भएका छन् ।
कम्पनीको उद्घोष अनुसार आज सिंगापुरविरुद्ध बलिङ गरेका सबै बलरले कूल २ लाख ८४ हजार र ब्याट्सम्यानले ३ लाख ९२ हजार रुपैयाँ पाउनेछन् ।
सुरुवाती ब्याटिङ गर्दै सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछ्याउने क्रममा ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले ४८ बलको सामना गर्दै ८ चौका र २ छक्का प्रहार गर्दै ७४ रन बनाए । यसअनुसार ८ चौका प्रहार गर्दा १० हजारका दरले ८० हजार र २ छक्काबाट २० हजारका दरले ४० हजार पाउनेछन् । यस्तै, प्रति रनबाट १ हजारका दरले ७४ हजार रुपैयाँ पाउनेछन् । सिंगापुरविरुद्धको खेलमा उनले कूल १ लाख ९४ हजार रुपैयाँ पाउने भएका छन् ।
बलर अभिनास बोहोराले ८४ हजार रुपैयाँ पाउने भएका छन् । टीयू क्रिकेट मैदानमा जारी ‘समूह ए’ अन्तरगर्तको खेलमा सिंगापुरविरुद्ध बलिङ गर्दै अभिनास बोहोराले ८४ हजार कमाएका हुन् ।
विश्वकप छनौट अन्तर्गतको खेलमा खेलाडीलाई प्रोत्साहन गर्ने नीतिसहित अर्ना बियरले प्रत्येक विकेटमा २५ हजार रुपैयाँ दिने उद्घोष गरेको छ । यस्तै, प्रति डटबलमा समेत एक हजार रुपैयाँ दिने अर्नाको घोषणा छ । सिंगापुरविरुद्धको खेलमा अभिनास बोहोरा ३ विकेट लिँदै सबैभन्दा धेरै विकेट लिने खेलाडीका रुपमा रहेका छन् । यस्तै, उनले ९ डटबल फालेका छन् ।
यसपछि समान दुई/दुई विकेट लिँदै समान १३/१३ डट बल फालेका सन्दीप लामिछाने र गुल्सन झाले समान ६३/६३ हजार पाउनेछन् । मुलपानी र टियू मैदानमा सम्पन्न त्रिदेशीय प्रतियोगिता नखलेका लामिछाने विश्वकप छनौटको खेलमा भने मैदान फर्किका छन् । यसपछि, २ विकेट लिँदै ११ डट बल फालेका करन केसीले ६१ हजार रुपैयाँ र विनाविकेट १३ डटबल फालेका सोमपाल कामीले १३ हजार रुपैयाँ पाउनेछन् ।
विश्वकप छनौटको आफ्नो पहिलो खेलअन्तर्गत सिंगापुरबाट १४६ रनको विजयी लक्ष्य पाएको नेपालका ब्याट्सम्यानले समेत उल्लेख्य रकम पाउने भएका छन् ।
अर्नाले ब्याट्सम्यानलाई प्रतिरनमा १ हजार रुपैयाँ दिने घोषणा गरेको छ । यस्तै कम्पनीले प्रति चौका १० हजार र प्रति छक्का प्रहारमा २० हजार रुपैयाँ उद्घोष गरेको छ । साथै, प्रति चौका र छक्कामा बनेको रन ‘सिंगल रन’ मा समेत गणना हुने अर्नाको उद्घोष छ ।
यस्तै, तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान रोहितले ९५ हजार रुपैयाँ पाउने भएका छन् । उनले समान २/२ चौका र छक्काको मद्धतमा ३५ रन बनाए । यसबाहेक, २ छक्का र १ चौकाको सहयोगमा २७ रन बनाएका आसिफ शेखले ७७ हजार रुपैयाँ पाउनेछन् भने अन्तिममा ब्याटिङ गर्न आएका कुशल मल्लले २६ हजार पाउनेछन् । उनले पहिलो बलमै छक्का प्रहार गर्दै ६ रन जोड्दै नेपाललाई २ अंक दिलाए ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु