बारामा प्रिन्सिपल हत्या प्रकरण : विद्यालयकै पूर्वकर्मचारी महिलासहित ६ जना पक्राउ

बारामा प्रिन्सिपल हत्या प्रकरण : विद्यालयकै पूर्वकर्मचारी महिलासहित ६ जना पक्राउ

Rupesh_Sarraf

बारा । बाराको कलैयास्थित बाल एकता इङ्गलिस बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकामध्ये एकजना महिला विद्यालयकै पूर्वकर्मचारी (लेखापाल) रहेको बारा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ६ जनामध्ये ३ जना भारतीय नागरिक रहेका छन् ।

कलैया–६ मदर्सा टोलमा सोमबार दिउँसो दुई वटा मोटरसाइकल चढेर आएका चारजनाको समूहले स्वर्णकारमाथि गोली प्रहार गरेर भागेको प्रहरीको भनाइ छ । घाँटी र छातीमा गोली लागेर गम्भीर घाइते भएका स्वर्णकारको उपचारका क्रममा वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो ।

आपसी सम्बन्ध र रिसिबीको कारण स्वर्णकारको हत्या भएको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds