स्याङ्जाका किशोर र सुनिल पोखरामा लागुऔषधसहित प्रकाउ

अपराध

स्याङ्जाका किशोर र सुनिल पोखरामा लागुऔषधसहित प्रकाउ

kishor sunil

पोखरामा लागुऔषधसहित स्याङ्जाका दुई युवक प्रकाउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा पोखराबाट खटिएको प्रहरीको टोलिले स्याङ्जाका दुई युवालाई लागुऔषधसहित प्रकाउ गरेको हो ।

स्याङ्जाको वालिङ नगरपालिका ५ स्थायी घर भएका २३ वर्षीय किशोर गुरुङ पोखरा ७ माछापुच्छ्रे मार्गबाट २ हजार ३ सय ४० चक्की लागूऔषध नाईट्रोभ्याटसहित प्रकाउ परेका हुन् । गुरुङको कोठा खानतलासी गर्दा प्रहरीले लागूऔषध बरामद गरेको हो । ।

यस्तै, स्याङ्जाको आधिखोला गाउँपालिका ५ स्थायी घर भएका २४ वर्षीय सुनिल पौडेललाई पोखरा १७ बरालफिटबाट लागुऔषधसहित प्रकाउ गरेको हो ।

प्रहरीले पोखरा १७ हरियाली टोलमा शंकास्पद अवस्थामा हिडिरहेका पौडेललाई खानतलासी गर्दा नाईट्रोभ्याट ५३ चक्की लागुऔषध बरामद गरेको हो ।

प्रकाउ परेका दुवै युवालाई जिल्ला अदालत कास्कीबाट लागुऔषध मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds