चलचित्र ‘जात्रा’को तेस्रो श्रृंखला ‘महाजात्रा’को शुभमुहूर्त गरिएको छ । नेपाली चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’को सफलतापछि षट्कोण आर्टस्को निर्माणमा तेस्रो शृंखला ‘महाजात्रा’ को छायांकन काठमाडौंबाट सुरु गरिएको छ ।
४५ दिनको छायांकन तालिका तय गरिएको कार्यकारी निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँले जानकारी दिए । उनले भने, ‘काठमाडौंबाहेक जनकपुरमा छोटो छायांकन हुनेछ । हामीले शृंखला थप्न हतार गरेनौँ । कथा अगाडि बढाउने आइडियामा निर्माण समूह सहमत भएपछि सुरु गरेका हौँ ।’
अघिल्लो दुई शृंखलाकै लेखक तथा निर्देशक प्रदीप भट्टराईले निर्देशन गरिरहेको चलचित्रमा हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्कालगायतले अभिनय गरिरहेका छन् ।
अभिनेता आचार्यले पहिलो शृंखलामा गायकका रूपमा जोडिएको स्मरण गरे । ‘यो शृंखलासँग मेरो भावनात्मक सम्बन्ध जोडिएको छ । निर्देशक भट्टराईले महसञ्चारमा लामो समय काम गरेपछि चलचित्र निर्देशन प्रारम्भ गर्नुभएको थियो । यसपटक कलाकारको रूपमा जोडिन पाउँदा उत्साहित छु,’ अभिनेता आचार्यले भने ।
अभिनेत्री वर्षाले पनि यसका अघिल्ला श्रृङ्खलामा भन्दा यसमा काम गर्दा अझ रमाइलो हुने विश्वास व्यक्त गरिन् । अन्य कलाकारहरू पनि चलचित्रलाई लिएर उत्साहित सुनिए ।

निर्देशक प्रदीप भट्टराईले यसपटक चलचित्रमा रमाइलो मात्र नभएर नेशनल इस्यु उठाउने प्रयास रहने बताए । जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई चलचित्रमा रोचक रुपले प्रस्तुत गरिने जनाइएको छ ।
यो चलचित्र चैत ९ गतेबाट प्रदर्शनमा आउनेछ । ‘महाजात्रा’मा बटमलाइनका रुपमा ‘सत्य लुक्दैन, झुटो टिक्दैन’ राखिएको छ ।

जीवन समृद्ध तुल्याउने सपना र आपत्कालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रूपले प्रस्तुत गरिएको चलचित्रलाई म्याक्स दिपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गरेका हुन् ।

यसमा जितबहादुर रुवालीले एसोसिएट निर्देशक, पुरुषोत्तम प्रधानले छायांकन, कुमार महर्जनले द्वन्द्व निर्देशन, कविराज गहतराजले नृत्य निर्देशन, आशीष अविरलले संगीत सिर्जना, शम्शेर लामाले शृंगार, रूपकप्रताप अधिकारीले प्रोडक्सन डिजाइनरका रूपमा काम गरिरहेका छन् ।

सम्बन्धित खबर
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
बीवाइडी कर छली प्रकरणमा छानबिन समिति बन्यो
बालेनको अभिव्यक्तिलगत्तै भारतीय एसएसबी सुस्ता पस्यो, नेपाली भूमिमा निर्माणाधीन तटबन्धमा अवरोध
बेपत्ता सशस्त्र जवान भारतमा मृत भेटिए, शव पनि भारतीय प्रहरीले लग्यो
रातो नम्बर प्लेट भएका मोटरसाइकलले राइड सेयरिङ गर्न नपाउने, अब कालो नम्बर प्लेट
सन् २०२५ मा साढे ११ लाख पर्यटकले गरे नेपाल भ्रमण
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ