आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनल खेलमा यूएईविरुद्ध नेपालले तेस्राे सफलता हासिल गरिसकेकाे छ । नेपालका लागि साेमपाल कामीले एक विकेट लिए भने यूएईका एक खेलाडी रनआउट भए । तेस्राे विकेट सन्दीप लामिछानेले लिएका हुन् ।
कामीले खतरनाक अन्दाजमा खेलिरहेका माेहम्मद वासिमकाे विकेट झारेका । खालिद साह रनआउट भए । याे समाचार तयार पार्दासम्म १३ ओभरकाे खेल सकिँदा यूएईले ३ विकेट गुमाएर ८४ रन बनाएकाे छ ।
मूलपानी क्रिकेट मैदानमा यूएईले टस जितेर नेपाललाई पहिले बलिङकाे निम्ताे दिएकाे हाे । नेपाली टिममा आज एक परिवर्तन गरिएको छ । सन्दीप जोराको स्थानमा दीपेन्द्रसिंह ऐरीलाई प्लेइङ ११ मा राखिएको छ । पहिलो खेलमा सिंगापुरसँग प्लेइङ ११ मा रहे पनि खेलअघि वार्मअपका क्रममा घाइते भएपछि दीपेन्द्रले समूह चरणका तीनवटै खेल गुमाएका थिए ।
आजकाे खेलको विजेता टोलीले सन् २०२४ मा हुने टी–२० विश्वकप खेल्न पाउनेछ । नेपाल र यूएई दुवैलाई विश्वकपमा छनोट हुन आजकाे खेल जित्नैपर्ने दबाब छ ।
नेपाल समूह ‘ए’को उपविजेता र यूएई समूह ‘बी’ को विजेताका रूपमा अघि बढ्दै सेमिफाइनलमा आमनेसामने भएका हुन् । नेपाल र यूएईबीच आठवटा टी–२० खेल भएकोमा नेपाल चार खेलमा विजयी भएको छ भने चार खेलमा पराजित भएको छ ।
अर्को सेमिफाइनल खेलमा आजै ओमान र बहराइन कीर्तिपुर मैदानमा खेल्दैछन् । फाइनल खेल आइतबार कीर्तिपुर मैदानमा हुनेछ ।
सम्बन्धित खबर
फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
गण्डकी फायरलाई प्रथम चापाकोट क्रिकेट लिगको उपाधि
चापाकोट क्रिकेट लिगको उपाधिका लागि आज गण्डकी फायर र साँखर वरियर भिड्दै
१० औं पोखरा स्पोर्टस् अवार्ड: प्रदीप र नारायणी वर्ष खेलाडी घोषित
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार