एकै ओभरमा नेपालले लियो दुई विकेट, तेस्रो सफलता

एकै ओभरमा नेपालले लियो दुई विकेट, तेस्रो सफलता

Sompal

आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनल खेलमा यूएईविरुद्ध नेपालले तेस्राे सफलता हासिल गरिसकेकाे छ । नेपालका लागि साेमपाल कामीले एक विकेट लिए भने यूएईका एक खेलाडी रनआउट भए । तेस्राे विकेट सन्दीप लामिछानेले लिएका हुन् ।

कामीले खतरनाक अन्दाजमा खेलिरहेका माेहम्मद वासिमकाे विकेट झारेका । खालिद साह रनआउट भए । याे समाचार तयार पार्दासम्म १३ ओभरकाे खेल सकिँदा यूएईले ३ विकेट गुमाएर ८४ रन बनाएकाे छ ।

मूलपानी क्रिकेट मैदानमा यूएईले टस जितेर नेपाललाई पहिले बलिङकाे निम्ताे दिएकाे हाे । नेपाली टिममा आज एक परिवर्तन गरिएको छ । सन्दीप जोराको स्थानमा दीपेन्द्रसिंह ऐरीलाई प्लेइङ ११ मा राखिएको छ । पहिलो खेलमा सिंगापुरसँग प्लेइङ ११ मा रहे पनि खेलअघि वार्मअपका क्रममा घाइते भएपछि दीपेन्द्रले समूह चरणका तीनवटै खेल गुमाएका थिए ।

आजकाे खेलको विजेता टोलीले सन् २०२४ मा हुने टी–२० विश्वकप खेल्न पाउनेछ । नेपाल र यूएई दुवैलाई विश्वकपमा छनोट हुन आजकाे खेल जित्नैपर्ने दबाब छ ।

नेपाल समूह ‘ए’को उपविजेता र यूएई समूह ‘बी’ को विजेताका रूपमा अघि बढ्दै सेमिफाइनलमा आमनेसामने भएका हुन् । नेपाल र यूएईबीच आठवटा टी–२० खेल भएकोमा नेपाल चार खेलमा विजयी भएको छ भने चार खेलमा पराजित भएको छ ।

अर्को सेमिफाइनल खेलमा आजै ओमान र बहराइन कीर्तिपुर मैदानमा खेल्दैछन् । फाइनल खेल आइतबार कीर्तिपुर मैदानमा हुनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ