नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । राति ११ बजेर ४८ मिनेट जाँदा देशैभर भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको जनाएपनि थप अपडेट दिइसकेको छैन ।
अमेरिका जियोलोजिकल सर्भे (यूएसजीएस)ले भने नेपालको जुम्ला जिल्लाबाट ४२ किलोमिटर दक्षिण केन्द्रबिन्दु बनाएर १७.९ किमि गहिराइमा ५.६ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ ।
भूकम्पको धक्का काठमाण्डौ, पोखरा लगायतका देशका विभिन्न भागमा महसुस गरिएको छ । रातको समयमा भूकम्पका कारण सर्वसाधारणहरु घरबाहिर निस्केका थिए।
भारत र चीनका केही क्षेत्रमा समेत भूकम्पको धक्का महसुस गरिएको जनाइएको छ ।

थप अपडेटः
शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको ढिलाे गरी पुष्टि गरेका छन् ।
भूकम्पबाट जाजरकोट, जुम्लासहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएपनि थप विवरण प्राप्त हुन सकेको छैन ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको वेबसाइट डाउन छ । सरकारी संयन्त्रको https://www.seismonepal.gov.np/ वेबसाइट डाउन हुँदा समयमै सूचना पाउन नसकेको अवस्था छ ।
भूकम्पको धक्का कत्रो थियो भन्नेबारे फरक फरक विवरणहरु आइरहेका छन् । कतिपय विवरणमा ६ दशमलव २ रेक्टर स्केल बताइएको छ भने कतिपयमा ५ दशमलव ९ रेक्टर स्केल देखाइएको छ । कतिपय विवरणहरुमा ५ दशमलप ६ देखाइएको छ ।
सम्बन्धित खबर
दुर्गा मन्दिरको कोटी दिप प्रज्वलनको आम्दानी खर्च सार्वजनिक
मादी ५ मा यौन तथा प्रजनन स्वास्थ्य शिविर
कास्की काँग्रेसले बुझायो मेयरलाई अवधारणा
प्रलेस, गण्डकीको सचिवालय गठन, नयाँ कार्ययोजना निर्माण
२४५ जनाको मधुमेह र टिजी जाँच
नेपाल पत्रकार महासंघ कास्कीको मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ