सुर्खेत । भूकम्पमा परी जाजरकोट नगरपालिकाको नापी कार्यालयमा कार्यरत असमन एलिना भण्डारीको मृत्यु भएको छ ।
दैलेखको दुल्लु नगरपालिका वडानम्बर ६ निवासी भण्डारी राष्ट्र सेवाको शिलशिलामा जाजरकोट नापी कार्यालयमा कार्यरत अमिन पदमा कार्यरत थिइन् । भण्डारीसँगै रहेका उनका भाइ प्रज्वलको पनि मृत्यु भएको छ । दसैंपछि एलिनाले भाइलाई समेत आफैसँग राखेकी थिइन् ।
एलिना सुर्खेतको अमर ज्योति माविमा तीन वर्षे जियोमेटिक इन्जिनियरिङ पाँचौँ सेमेस्टरकी विद्यार्थी थिइन्। उनको इन्जिनियर बन्ने सपना झण्डै पूरा हुने अवस्थामा थियो ।
चौथो सेमेस्टरसम्म नियमित कक्षामा उपस्थित भएर अध्ययन गरिरहेकी उनी गत वर्ष भदौमा मात्र लोकसेवा आयोगबाट नापी कार्यालय जाजरकोटमा सर्वेक्षक (अमिन) मा सिफारिस भएकी हुन् । पढाइसँगै सरकारी जागिरलाई एकसाथ अगाडि बढाउँदै लगेकी भण्डारी शुक्रबार राति सदाका लागि अस्ताइन् ।
भाइ सहित नापी कार्यालय जाजरकोटको क्वार्टरमा सुतेकै अवस्थामा भवन भत्किँदा मृत्यु भएको हो । ७ कात्तिकमा दसैँ मान्न घर पुगेकी उनी चार दिनअघि मात्र जाजरकोट सदरमुकाम खलंगा पुगेकी थिइन् । उनले दसैँ–तिहार बिदामा बसेका भाइ प्रज्वल शाहीलाई आफूसँगै लगेकी थिइन् ।
एलिना र प्रज्वलका आमा एकै भए पनि बुवा भने फरक हुन् । उनका सहोदर बुवाको मृत्यु भएपछि एलिनाकी आमाले दोस्रो विवाह गरेकी थिइन् । पढाइमा अब्बल र मिलनसार एलिनाको निधनले विद्यालयलाई ठूलो क्षति पुगेको अमर ज्योति माविका प्रधानाध्यापक खगेन्द्र थापाले बताए ।
सम्बन्धित खबर
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
रसुवा बाढीमा हालसम्म १ हजार ४१० को शव फेला, ६ हजार बढी वेपत्ता
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन