दसैंपछि दुई सातामै मुस्ताङ पुगे ७२ हजार पर्यटक

पर्यटन

दसैंपछि दुई सातामै मुस्ताङ पुगे ७२ हजार पर्यटक

हवाई मार्ग हुँदै ३५ सय

mustang tourist

मुस्ताङका अधिकांश होटल तथा रेष्टुरेन्टहरु दशैपछि पर्यटकले भरिभराउ छन् । सरद ऋतुको अनुकुल यामसँगै चाडपर्वको छेको पारेर मुस्ताङ आउने आन्तरिक पर्यटकको भीडभाडले यहाँका पर्यटन व्यवसायीमा उत्साहको रौनक छाएको छ । दशै—तिहार पर्वमा विशेष गरी युवायुवतीहरु बढी मात्रामा मुस्ताङ घुम्न आउने गरेको पाइएको छ ।

पछिल्लो समय नेपालीहरु आन्तरिक पर्यटकीय घुमघाममा समेत रमाउने प्रचलन बढेको छ । हिमाली जिल्ला मुस्ताङको सौन्दर्यता नजिकबाट नियाल्न र यहाँको भौगोलिक, सांस्कृतिक र सामाजिक सम्यतासँग रम्नका लागि आन्तरिक पर्यटकको रोजाई मुस्ताङ हुने गरेको हो ।

धार्मिक पर्यटकीय स्थल मुक्तिनाथ क्षेत्र स्वदेश तथा विदेशमा समेत निकै प्रख्यात छ । मुक्तिनाथ दर्शन र कागबेनीमा पीण्डदान दिन श्रद्धालुहरुको यहाँका निकै ठुलो घुँइचो लाग्छ । यद्यपी अहिले चाडपर्वको छेकोमा आएका युवापंक्ति नाथ दर्शन एक गर्ने एक बहाना भएपनि उनीहरुको मुख्य उद्देश्य भनेको यहाँका पृथक प्रकार भूगोल अवलोकन र यहाँका अर्गानिक स्थानीय उत्पादनबाट बनेका विभिन्न खानाका परिकारको बेग्लै मज्जा लिनु हो । धेरैजसो युवायुवतीहरु मोटरसाईकलको यात्रा तय गर्दै मुस्ताङ आईपुगेका हुन्छन् । यसरी मुस्ताङ आईपुगेका पर्यटक कोरलानाका, लोमान्थाङ दरबार र छोसेर गुफा हेरेर फर्किन्छन् ।

तल्लो मुस्ताङमा पनि ढुम्बाताल निकै चर्चित छ । यहाँ नेपाली तथा विदेश चलचित्रको छायांकन हब समेत भएकाले मुक्तिनाथ दर्शन र कोरला पुगेर फर्किएका पर्यटक यहाँ नपुगी छाड्दैन । सडक सहज भएकाले मुस्ताङका पर्यटकीय गन्तब्य अवलोकन गर्न कुनै कठिनाईन नपर्ने भएकाले पनि मुस्ताङ जिल्ला अरु जिल्ला भन्दा विशेष छ । गण्डकी प्रदेशको पर्यटन प्रर्वद्धनमा समेत मुस्ताङ जिल्लाले पू¥याएको योगदान उक्तिकै रहन्छ ।

यसवर्ष पनि विगतको तुलनामा बढी मात्रामा आन्तरिक पर्यटकले मुस्ताङ भ्रमण गरेको पाईएको छ । दशैंपछिको दुई सातामा मुस्ताङमा ७२ हजार २२५ जना पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले बताएको छ । मुस्ताङका प्रहरी प्रमुख प्रनाउ भोजराज पाण्डेका अनुसार दशैंपछिको पन्ध्रदिनको अवधिमा कुल संख्याको ८० प्रतिशत आन्तरिक, १५ प्रतिशत भारतीय र ५ प्रतिशत तेश्रो मुलुकका विदेश पर्यटक मुस्ताङ भित्रिएका हुन् । यसैगरी पोखरा—जोमसोम हवाई मार्ग हुँदै १५ दिनको फेरोमा करिव ३५ सय जना पर्यटक मुस्ताङ आएको प्रनाउ पाण्डेले बताए ।

दशैं—तिहार छेकोमा बेनी —जोमसोम सडकमार्ग हुँदै १५ दिनको अवधिमा ९ हजार ११२ वटा सवारी साधन मुस्ताङ भित्रिएको मुस्ताङका प्रहरी प्रमुख पाण्डेले उल्लेख गरे । उनका अनुसार मोटरसाईकल ४ हजार ६७५ वटा, यात्रुबाहक बस ४०२, जीपकार ३ हजार ९५० र सरकारी गाडी ८५ वटा म्याग्दी हुँदै मुस्ताङ प्रवेश गरेका हुन् ।

धार्मिक स्थल मुस्ताङमा सन् २०१८ आएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ दर्शन गरेकाले पनि मुक्तिनाथ क्षेत्र भारतीय पर्यटकका लागि पावन स्थल बनेको हो । यसैवर्ष अमेरिकन समचार संस्था सीएनएनले सन् २०२३ मा मुस्ताङलाई घुम्नै पर्ने सूचिमा सुचिकृत गरेसंगै मुस्ताङको पर्यटकीय चर्चा चुलिएको हो । मुक्तिनाथ स्थित होटल रोयल मुस्ताङका प्रोपाईटर विजय थकालीले दशैं पर्वदेखि मुस्ताङमा पर्यटक आगमनले थेगिनसक्नु भएको बताए । उनले चाडपर्वको बेला मुस्ताङ घुम्न आउँदा होटलको अंग्रिम बुकिङ गरेर मात्र आउन सुझाए ।

कोरोना कहरले आहत बनेको मुस्ताङका पर्यटन व्यवसाय लयमा फर्किसकेकाले यहाँका पर्यटन व्यवसायीलाई आशाको संञ्चार पलाएको थकालीले सुनाए । मुस्ताङमा औसत बर्सेनि ६० हजार विदेश पर्यटक र ५ लाख बढी आन्तरिक पर्यटकले भ्रमण गर्ने गथ्र्ये । यसवर्ष विगतको रेकर्डलाई ब्रेक गर्ने अनुमान मुस्ताङका पर्यटन व्यवसायीहरुको अनुमान छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ