पोखराको मानवअधिकार चोकबाट जुवातास खेल्दै गरेका ६ जना नगद सहित पक्राउ

पोखराको मानवअधिकार चोकबाट जुवातास खेल्दै गरेका ६ जना नगद सहित पक्राउ

juwa-tas

सांकेतिक तस्विर

पोखरा। कास्की प्रहरीले जुवातास खेलिरहेका ६ जनालाई नगदसहित पक्राउ गरेको छ।

पोखरा महानगरपालिका -४ मानवअधिकार चोकस्थित यम बहादुर गुरुङले संचालन गरेको किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा नगद सहित उनीहरूलाई पक्राउ गरेको हो।

उक्त स्थानमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले जुवातास खेल्दै गरेका स्याङ्गजा वालिङ घर भइ हाल पोखरा -१५ रामबजार बस्दै आएका ३२ वर्षीय यम बहादुर गुरुङ लगायत ६ जनालाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट ४६ हजार ९ सय ७५ रुपैया र १ सय ६० पत्ती तास बरामद गरेको जनाएको छ । भने, पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीको भनाइ छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds