म्याग्दी । मेजन पुनद्वारा लिखित उपन्यास धौलासिरी विमोचन भएको छ। लोकवार्ता परिषद्ले आयोजना गरेको १२ औँ सँगोष्ठी कार्यक्रममा कृतिको विमोचन गरिएको हो।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, मालिका गाउँपालिकाका अध्यक्ष बेग गर्बुजा, धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेम पुन लगायत प्राज्ञिक व्यक्तित्वको उपस्थितिमा किताबको विमोचन गरिएको हो। धौलागिरी भेगको सयौँ वर्ष पुरानो कथाबस्तुमाथि आधारित उपन्यासमा लाहुरे परम्पराले ल्याएका उथलपुथल देखाइएको छ।
धौलागिरी भेगमा प्रचलित झर्रा भाषा(आञ्चलिकता) प्रयोग गरी लेखिएको उपन्यासले पाठकलाई त्यहाँको जनजीवन बुझ्न सघाउने विश्वास लिएको लेखक पुनले बताए। “उपन्यास पढेर धौलागिरीको जनजीवन बुझ्न सघाउ पुग्ने छ भन्ने विश्वास लिएको छु। धौलासिरी पहिला बुढापुकाले भन्ने गरेको रैथाने नाम अहिले धौलागिरी भएको छ। धौलागिरीबारे अरू थुप्रो कुराहरू बुझ्न किताबले सघाउने अपेक्षा लिएको छु,” उनले भने, “अरू कुरा त पाठकहरूले किताब पढीसकेपछि प्रतिक्रिया दिनुहुने नै छ।”
किताब बुलबुल प्रब्लिेकेशन प्रालीले प्रकाशन गरेको हो। पुनका यो बाहेक दर्जन बढी गैरआख्यान किताब प्रकाशित छन्। किताब लेखन सँगसँगै मगर फिल्म निर्माण, लेखन र निर्देशनमा पनि पुन सक्रिय छन्।
सम्बन्धित खबर
म्याग्दीमा पहिरोले पुरिएर बेपत्ता बालक मृत फेला
म्याग्दीमा पहिरोमा पुरिएर बाबुको मृत्यु, छोरा बेपत्ता
हत्या आरोपी म्याग्दीका दुई फरार अभियुक्त २५ वर्षपछि पक्राउ
म्याग्दीमा व्यावसायिक अरिङ्गालपालन
सडक सञ्जालमा जोडियो ढोरपाटन
म्याग्दीमा सडक खन्ने क्रममा पहिरोमा पुरिएर एक्स्काभेटर चालकको मृत्यु
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा