प्रथम केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट मंसिर ७ देखि, १३ वटा उपसमिति गठन

क्रिकेट

प्रथम केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट मंसिर ७ देखि, १३ वटा उपसमिति गठन

१२ टिमको सहभागिता रहने

kp cup t 20

पोखरा । मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरामा आयोजना हुने ‘प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता’का लागि उपसमितिको गठन गरिएको छ ।

यहि मंसिर ७ गते देखि १६ गतेसम्म पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिता कास्की जिल्ला मदन भण्डारी स्पोर्टस एकेडेमीको व्यवस्थापनमा हुने भएको हो । एकेडेमीका केन्द्रिय अध्यक्ष ध्रुव आचार्यको प्रमुख आतिथ्यता तथा कास्की एकेडेमीका अध्यक्ष रामजी प्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भेलाले १३ वटा विभिन्न उपसमिति गठन गरेको एकेडेमीले जनाएको छ ।

सो अनुसार तिलक बहादुर अधिकारीको संयोजकत्वमा गठित आर्थिक उपसमितिमा कृष्ण तिमिल्सिना सह–संयोजक र सदस्यहरुमा किरण भुजेल, सूर्य मोहन आचार्य, रामजी प्रसाद अधिकारी र दिपक आचार्य रहेका छन् । स्वयं सेवक तथा यूवा परिचालनको संयोजकमा भिम पराजुली सह–संयोजकमा केशव बहादुर थापा र सदस्यहरुमा सोभित परियार, महेश अर्याल र भविराज गुरुङलाई जिम्मेवारी दिइएको छ ।

त्यसै गरि आवश तथा यातायत व्यवस्थापन उपसमितिको संयोजकमा कृष्ण तिमिल्सिना, प्रविधिक व्यवस्थापनको संयोजकमा शक्ति गौचन, मञ्च व्यवस्थापनको संयोजकमा धिरज श्रेष्ठ, सदस्यहरुमा मुन्नी खातुन र सुन्दर श्रेष्ठ, प्रचार प्रसार संयोजकमा केशव पाठक र सहसंयोजमा कञ्चन थापा, शान्ती शुरक्षाको संयोजकमा मिम पराजुली, सांस्कृतिक उपसमितिको संयोजकमा नारायण पाण्डे रहेका थिए ।

यस्तै अनुगमन तथा अनुशासन व्यवस्थापन उपसमितिको संयोजकमा मोहन रेग्मी, संघसंस्था समन्वयमा गिरमान गुरुङ, केशव बहादुर थापा र सूर्य मोहन आचार्य, अतिथी सत्कारको संयोजकमा मनिषा गुभाजु र सह संयोजकमा कञ्चन थापा, प्रथामिक उपचार संयोजकमा रमेश राज भण्डारी, मैदान व्यवस्थापन उपसमितिमा कृष्ण तिमिल्सिना, विजय भुजेल, ऋषीकेस शर्मा, लक्ष्मण गुरुङ र प्रदिप प्रजुलाई जिम्मेवारी दिइएको छ ।

प्रथम केपी ओली राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा तीन विभागिय टोलीसहित सात प्रदेश तथा एकेडेमीको तर्फबाट दुई युवा टिम गरि कुल १२ टिमको सहभागिता रहने एकेडेमीले जनाएको छ । प्रतियोगितामा उपाधि विजेताले नगद रु ५ लाख र उपविजेताले नगद रु २ लाख ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न करिव ७० लाख खर्च हुने आयोजकले जनाएको छ ।

एकेडेमीका अध्यक्ष आचार्यले प्रतियोगितालाई सफल बनाउन सबैसँग आग्रह गरेका छन् । उनले भने–“हामी निरन्तर खेलकुदको विकास, यूवा खेलाडी उत्पादन र खेलाडीहरुको हितका सवालमा आफ्ना योजना अघि सारेका छौं । यहि योजना अनुरुप नै यो प्रतियोगिताको तयारी हो । यो प्रतियोगिता सफल बनाउन एकेडेमीको तर्फबाट म सबैलाई आग्रह गर्छु ।” यो प्रतियोगिताले खेलकुदको विकास संगै खेल पर्यटन मार्फत पोखराको पर्यटन क्षेत्रको विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने उनले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ