पोखरा । सेती नदीमाथिको चार लेन सिग्नेचर ब्रिजको शिलान्यास गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले शनिबार शिलान्यास गरेका हुन्।
एसियाली विकास बैंक (एडिबी) को सहयोगमा निर्माण हुने उक्त पुलको कुल लागत १ अर्ब ७ करोड २४ लाख २६ हजार ५ सय रुपैयाँ रहेको छ । पोखरा मुग्लिन सडक स्तरोन्नति अन्तर्गत यो पुल निर्माण हुन लागेको हो ।
१ सय ९० मिटर लामो पुल २०८२ भदौ मसान्तभित्र काम सक्नेगरी काम थालिएको छ। रसुवा कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको छ । अहिले भइरहेको चाइना पुलको दायाँबायाँ १९०÷१९० मिटरका एक–एक वटा पुल निर्माण हुनेछ ।
शिलान्यापछि मन्त्री ज्वालाले निर्माण व्यवसायी, सडक विभाग, आयोजना कार्यालयहरूलाई समयमै काम सक्ने गरी सक्रियता बढाउन निर्देशन दिएका छन्।

‘यो वा त्यो बहानामा काममा ढिलाइ गर्न पाइँदैन, समयमै काम सक्नेगरी सबै पक्षले सक्रियता देखाउनुहोस्’, मन्त्री ज्वालाले भने। निर्माण कार्य समयमा सम्पन्न गर्ने सन्दर्भमा मन्त्रालयको तर्फबाट पूरै सहयोग रहने उनले विश्वास पनि दिलाए । पुलले पोखराको सुन्दरतामा नयाँ आयाम थप्ने उनले विश्वास समेत व्यक्त गरे । पोखराको आर्थिक तथा सामाजिक विकासमा समेत यसले मेरुदण्डको काम गर्ने मन्त्री ज्वालाले बताए । सेती नदी माथि मितेरी पुल समेत निर्माण गर्ने उन प्रतिबद्धता पनि जनाए ।
पोखरा पर्यटकीय दृष्टिकोणले निकै सुन्दर रहेको उल्लेख गर्दै उनले यसलाई पर्यटनको राजधानी सहर घोषणा गरिनु पर्नेमा जोड दिए । नेपाल सरकारलाई यसको औपचारिक घोषणाका लागि आवश्यक पहल गर्न आफू प्रतिबद्ध रहेको भन्दै उनले प्रदेश सरकार र महानगरपालिकाको तर्फबाट डेलिगेसन आउन र सो डेलिगेसनसँगै आफू पनि पोखरालाई पर्यटन राजधानी घोषणाका लागि दबाब दिन तत्पर रहेको बताए । पोखरा सबै हिसाबले पर्यटन राजधानी घोषणाका लागि योग्य रहेको उनले बताए ।

कार्यक्रममा कास्की क्षेत्र नं २ बाट निर्वाचित सांसद विद्या भट्टराईले पुल निर्माणमा आवश्यक सबै सहयोग गर्ने बताइन् ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पुल निर्माणका क्रममा आउन सक्ने सबै खाले स्थानीय अवरोधहरूको समाधान महानगरले गर्ने प्रतिबद्धता जनाए ।
मुग्लिन–पोखरा राजमार्ग सुधार चरण १ योजना अन्तरगत उक्त पुल निर्माण सुरु गरिएको हो । शिलान्यास कार्यक्रममा निर्माण व्यवसायीले निर्धारित समयमा सिग्नेचर पुलको काम सक्ने प्रतिबद्धता जनाए। निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनका साइट इन्जिनियर सुदर्शन देवकोटाले निर्माण स्थलमा भएका भौतिक संरचना हटाई साइट क्लियर गरिदिन पनि आग्रह गरे ।
‘केबल–स्टेड’ प्रविधिका दुवै पुलको २०७९ साउनमा ठेक्का सम्झौता भए पनि डिजाइन स्वीकृत गर्न र निर्माणस्थल क्लियर नहुँदा ढिलो गरी काम सुरु भएको देवकोटाले बताए । निर्माणको सम्झौता अवधि तीन वर्षको रहेको छ ।


तस्वीर: प्रेम थापा/परिचय
सम्बन्धित खबर
कास्की–२ का उम्मेदवारबीच जेसीज ‘ककस’ हुँदै
अतितका परिवारले भन्योः कार मिलिन्द तुलाचनले चलाएका हुन्, २ जनाले घरबाट लिएर गएका थिए
२०औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
फेवातालमा जाल हान्दा एसएलआर फेला
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु
बिटी कपमा लामागाउँ दोस्रो पटक च्याम्पियन, रामघाट फेरि स्तब्ध
यो पनि पढौँ
अतितका परिवारले भन्योः कार मिलिन्द तुलाचनले चलाएका हुन्, २ जनाले घरबाट लिएर गएका थिए
ड्रोनले भेट्टायो कच्याककुचुक अवस्थामा कार, ४ दिनदेखि वेपत्ता युवा मृत फेला
फेवातालमा राति कार खस्दा स्याङ्जाका युवकले ज्यान गुमाए
बागलुङ स्कुल भ्यान दुर्घटना अपडेट: मृतकको संख्या २ पुग्यो, पोखरामा उपचाररत सुजलको मृत्यु