पोखरा। संस्कृति बचाऔं, पर्यटन प्रबद्र्धन गरौं भन्ने नारा साथ होटल संघ पोखरा नेपालले तिहारका अवसरमा यही कात्तिक २९ गते १६ औं भाइटिका महोत्सव २०८० आयोजना गर्ने भएको छ । लेकसाइड स्थित होटल ल्याण्डमार्कमा यो महोत्सव हुन लागेको हो ।
संस्कृतिका माध्यमबाट पर्यटन प्रबद्र्धन गर्दै पर्यटन क्षेत्रमा आसा छर्ने उद्धेश्यले महोत्सव आयोजना गर्न लागिएको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । नेपाली संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गरी स्वदेशी तथा विदेशी पर्यटकहरुविच आपसी भाइचाराको विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली संस्कृतिलाई परिचित गराउने उद्धेश्य पनि महोत्सवले लिएको छ ।
कोभिड १९ लगायत विविध कारण पर्यटन क्षेत्र निकै मारमा परेको भन्दै सुवेदीले पर्यटन पुनरुत्थानमा समेत महोत्सवले सघाउने विश्वास व्यक्त गरे । संस्कृतिको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले महोत्सवलाई निरन्तरता दिइएको महोत्सवका संयोजक एवं संघका सचिव पार्वता पाण्डेले जानकारी दिइन् । महोत्सवमा विभिन्न देशका पर्यटकले भाग लिने र कतिपय दोहोर्याएर समेत टिका लगाउन आउने अपेक्षा गरिएको उनले सुनाइन् ।
यसप्रकारको महोत्सव पोखराका लागि अर्को पर्यटकीय प्रडक्ट बन्दै गएको र यसले पर्यटन प्रवद्र्धनमा पनि सघाउ पुगेको संघले जनाएको छ । महोत्सव दिउँसो साढे दुई बजे सुरू हुने छ भने, महोत्सवलाई पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्डले सघाउनले छन् ।
सम्बन्धित खबर
पोखरा जेसिजको सप्ताह: रक्तदानदेखि ट्राफिक सचेतना
गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी दुर्गाद्वारा पदभार ग्रहण
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा अधिकारी नै, नियुक्ति विरूद्धको रिट सर्वोच्चद्वारा खारेज
पोखरामा कक्षा १२ को परिक्षाको प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा २ जना पक्राउ
आठौं पोखरा स्पोर्ट्स अवार्ड : ४ विधाको मनोनयन सार्वजनिक
म्याग्दीमा उच्च गतिको विद्युत् प्रवाहले ६० घरमा क्षति, ५ जना घाइते
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग