पोखरा । तिहार लक्षित गरी लुकीछिपी ल्याइएको पटाकाजन्य विस्फोटक पद्धार्थ विक्रीका लागि यहाँका व्यवसायीले टिकटकलाई माध्यम बनाए । उनले लाइभ बसेर मार्केटिङ गरे ।
टिकटक लाइभमै उनले पटाका देखाउनदेखि मूल्यबारे जानकारी गराउँदै थिए । उक्त दृश्य एक प्रहरीका आफन्तले देखेपछि प्रहरीलाई खबर गरिदिए ।
त्यसपछि कास्की प्रहरीले त्यसतर्फ अनुसन्धान गर्दै ति युवकलाई पटकासहित पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी एवम् डिएसपी श्रवणकुमार बिकले बताएका छन् ।
‘एकजना युवक टिकटक लाइभमा आएर पटका खरिद गरेर बिक्रीका लागि मार्केटिक गरिरहेको सूचना कास्की प्रहरीलाई आयो’, डीएसपी विकले भने, ‘कास्कीमा तिहारमा भित्रिएका १८ थरीका पटका बरामद गरेर नष्ट गरेका छौं, चाडपर्व सुरक्षा योजना अनुसार पटका लगायत जुवतास, खोरखोरे सञ्चालन गर्नेलाई नियन्त्रण निमयन गर्न लागि रहेका छौं ।’
उनले हालसम्म तिहारको संघारमा १८ थरीका करिब २ लाख बढीको पटका बरामद गरेर नष्ट गरिएको बताए । उनका अनुसार जफत हुनेहरुमा प्याङ्गुइन कोब्रा खुर्सानी बम ७२ वटा, रकेट बम २० वटा, खुर्सानी बम ४७ वटा, चकलेट बम २४ वटा, आलु बम २५ वटा, बुलेट बम ३ प्याकेट, सोलीबम ५ वटा, रकेट बम ४ वटा, झिरझिरे पटका ८० प्याकेट, एटम बम १४ पिस, डबल बम १० पिस, गमला बम १७ पिस, चक्र बम २५ पिस, खुर्सानी बम ९८ सेट, सानो पटका ६, ठुलो पटका १२ र चकरी ५० थान, अवर १० थान र लसुन बम १५ थान रहेको छ ।
कास्की प्रहरीले कास्कीको विभिन्न स्थानबाट पटका बरामद गरेपनि कति जनालाई नियन्त्रणमा लिएको छ त्यो भने खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले पोखराको विभिन्न स्थानबाट १८ थरीका पटका बरामद गरेको पुष्टी गरे ।
‘यो पटका एकै स्थानबाट बरामद गरेको होइन, विभिन्न स्थानबाट बरामद भएको पटका हो, प्रहरी उपरीक्षक थापाले भने, ‘थोरै थोरै संख्यामा पटका बरामद गरेका छौं, पटकासँग विभिन्न व्यक्तिहरुलाई पनि नियन्त्रणमा लिएका छौं, मुद्धा चलाउने नि नचलाउने छलफलकै चरणमा छौं ।’
यस्तै कास्की प्रहरीले विभिन्न स्थानबाट ५६ सेट खोरखोरेका ३ सय ५ वटा गोटी बरामद गरेर नष्ट गरेको छ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
सरकारले हटायो काठमाडौं महानगरका अव्यवस्थित बस्ती