नेपाल प्रहरीले वीरगन्जस्थित केनाइन शाखाबाट अपराध अनुसन्धानमा खटिँदै आएको रियो नाम गरेको कुकुरलाई वर्षको उत्कृष्ट घोषणा गरेको छ ।
गत असार २९ गते रौतहटको देवाही गोनाही नगरपालिका–६ का ३५ वर्षीय जगरनाथ साहको हत्या घटनामा सफल ‘ट्रयाक’ लिएको रियोलाई कुकुर तिहारका दिन आइतबार प्रहरीले उत्कृष्ट कुकुर घोषणा गरेको हो ।
आफ्नै घरमा सुतेका बेला धारिलो हतियार प्रयोग गरी हत्या गरिएको घटनाको सूचना पाएलगत्तै प्रहरीले रियोलाई घटनास्थलमा प्रयोग गरेको थियो ।
घटनाको सूचना पाएलगत्तै प्रहरीको वीरगन्जस्थित केनाइन शाखाबाट अपराध अनुसन्धानमा खटिँदै आएको रियो नामको ‘ट्रयाकर डग’लाई घटनास्थलमा प्रयोग गरिएको थियो ।
साहको शवनजिकै महिलाले प्रयोग गर्ने कपालमा लगाउने क्लिप फेला पर्यो । त्यही क्लिपलाई सुँघाएर छोड्दा रियोले साहकै श्रीमती चन्दा साहलाई संकेत गरेको थियो । प्रहरीले चन्दामाथि नै केरकार गर्यो । तर, उनले सुरुआतमा राति चार युवकको समूहले श्रीमान्को हत्या गरेको प्रहरीसमक्ष बयान दिइन् । पछि उनलाई नियन्त्रणमै लिएर अनुसन्धान गर्दा हत्या आफैँले गरेको स्वीकार गरेकी थिइन् ।
यस्तै, पर्साको जगरनाथपुरकी कान्तिदेवी मुखियाको हत्या घटनामा समेत प्रहरीले रियोलाई नै प्रयोग गरेको थियो । उक्त घटनामा रियोले शंकास्पद दुईजनालाई संकेत गरेको थियो । उक्त घटनाबारे प्रहरीले अझै अनुसन्धान गरिरहेको छ ।
त्यस्तै बेस्ट हेन्डलर महाराजगन्जस्थित केनाइन महाशाखाको बेल्जियम शेफर्ड रोजलाई दिइएको छ । साढे दुई वर्षीय रोजलाई पछिल्लो समय विभिन्न अपराध अनुसन्धानका घटना र प्रहरीले आयोजना गरेका प्रदर्शनमा प्रयोग गरिँदै आएको छ ।
गएको भदौ ३० गते काठमाडौंको गैरीगाँउमा चारजनाको सामूहिक हत्या गरिएको थियो । सो घटनामा प्रहरीले रोजलाई नै प्रयोग गरेको थियो ।
सम्बन्धित खबर
भाडा नतिरेपछि रिपोटर्स क्लवसहित भृकुटीमण्डपका २० कार्यालयमा परिषद्ले लगायो ताला
विराटनगरमा अन्तर्राष्ट्रिय स्तरको सलाइन उत्पादन सुरु, एलेक्सा लाइफ साइन्सेजकाे आयात प्रतिस्थापन गर्ने लक्ष्य
बालेन र रविलाई गाली गरी भिडिओ बनाउँदा पक्राउ परेका युट्युबरले ओलीविरुद्ध पनि बनाउँथे
कलाकार सागर लम्साल ‘बले’माथि बलात्कार आरोप
रवि विरुद्ध मुद्धा हालिरहने भनेर चर्चित युवराज सफलविरुद्ध साइबर अपराध मुद्दा दायर
पोखरा-काठमाण्डौको हवाई भाडा झण्डै २ हजारले बढ्यो
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?
‘तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो’ लेखेका गृहमन्त्री गुरुङले आलोचनापछि हटाए स्टोरी