गोरखामा घर जल्दा बृद्धा आमा र अपाङ्गता भएका छोराको मृत्यु

गोरखामा घर जल्दा बृद्धा आमा र अपाङ्गता भएका छोराको मृत्यु

aago_B1XkOm60J4_lX6cFplFS9

गोरखाको धार्चे गाउँपालिका–१ हुल्चुकमा शनिबार राती घर जल्दा डढेर आमा छोराको मृत्यु भएको छ।

७८ वर्षीया कान्छी गुरुङको घरमा आगलागी हुँदा उनी र अपाङ्गता भएका उनका ३९ वर्षीय छोरा चमारसिँह  गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

प्रहरीकहाँ भोलिपल्ट मात्र खबर पुगेको प्रहरीले जनाएको छ । वडाध्यक्ष रामसिंङ गुरुङले घटनाबारे शनिबार राती १० बजे खबर आएको र खबर आएलगत्तै त्यहाँ पुग्दा घरको बाहिरै भागमा समेत आगो फैलिसकेको बताए ।

गाग्री र बाल्टीमा पानी बोकेर आगो निभाउन करिव डेढ घण्टा जस्तै लागेको र आगो नियन्त्रणमा आएपछि घरभित्र पस्दा दुबै जनाको शव जलेर चिन्नै नसक्ने अवस्थामा फेला परेको उनले बताए ।

चिसोका कारण न्यानो बनाउन फुकेको आगो फैलिएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ