होटलमा जुवातास खेलिरहेका २१ जना साढे ६ लाख नगद सहित पक्राउ

होटलमा जुवातास खेलिरहेका २१ जना साढे ६ लाख नगद सहित पक्राउ

juwade

File Photo

नुवाकोट। अवैध जुवातास खेलिरहेका २१ जनालाई नुवाकोट प्रहरीले गएराति नगद सहित पक्राउ गरेको छ।

बिदुर नगरपालिका-२ बिदुरस्थित नर्थ भ्यू होटलमा जुवातास (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका-५ बस्ने ३६ वर्षीय रबिन्द्र आचार्य सहित २१ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

होटलमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६ लाख ५२ हजार १ सय ९२ रूपैयाँसहित पक्राउ गरेको हो ।

पक्राउ परेका सबैमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds