काठमाडौं । वैदेशिक रोजगारमा गएका श्रमिकहरुको हकहित र सुरक्षणका क्षेत्रमा काम गर्दै आएको वैदेशिक रोजगार बोर्डको सचिवालयले रोजगारीको सिलसिलामा विदेशमा रहेकाहरुको परिवारलाई भेट्ने कार्यक्रमलाई फेरि निरन्तरता दिने भएको छ ।
दशैँअघि लुम्बिनी प्रदेशको नेपालगन्जमा वैदेशिक रोजगारमा गएकाका परिवारहरुसँगको स्थलगत संवाद कार्यक्रम गरेको बोर्डले अब बाँकी ६ वटा प्रदेशमा पनि तत्कालै गर्ने भएको छ । बोर्डको सचिवालयका सूचना अधिकारी टिकाराम ढकालका अनुसार हालैमात्र बसेको बोर्ड बैठकले निर्धारण गरेका कार्यक्रमसँगै अतिरिक्त कार्यक्रमहरुलाई पनि सँगसँगै लैजान लागिएको छ ।
सचिवालयले वैदेशिक रोजगारका क्रममा मृत्यु भएका तथा अंगभङ्ग भएकाहरुका बालबालिकाहरुको छात्रवृत्तिको कार्यक्रम समेत तत्कालै सुरु गर्ने भएको छ । छठपर्व लगत्तै छात्रवृत्तिको आवेदनका लागि सूचना जारी हुने सूचना अधिकारी ढकालले बीमापोष्टलाई बताए ।
तिहार विदा कै समयमा समेत आफुहरुले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाहरुमध्ये ४ जनाको शव परिवारलाई जिम्मा लगाउने काम गरेको उनले जानकारी दिए । विदाअघि मात्रै बोर्डले इटहरीमा आप्रवासी स्रोत केन्द्रमा कार्यरत कर्मचारीलाई तीन दिने र भेडेटारमा रोजगार संयोजकहरुलाई दुई दिने तालिम दिएको छ ।
वैदेशिक रोजगार बोर्डको सचिवालयले नियमतरुपमा विदेशमा अलपत्र परेका कामदारहरुको उद्दार, मृतक कामदारका परिवारलाई आर्थिक सहायता, अंगभंग तथा विरामी कामदारलाई आर्थिक सहायता, वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारको शव झिकाउने र मृतकको शव घर ठेगानासम्म ढुवानी गर्ने, कामदारका परिवारलाई स्वास्थ्य उपचार सहयोग गर्ने तथा अभिमुखिकरण कार्यक्रमहरु गर्दै आएको छ ।
नेपाल सरकारले वैदेशिक रोजगार व्यवसायलाई प्रवद्र्धन गर्न तथा यो व्यवसायलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन तथा बैदेशिक रोजगारमा जाने कामदार र वैदेशिक रोजगार व्यवसायीको हकहित संरक्षण गर्ने प्रयोजनार्थ बैदेशिक रोजगार बोर्डको व्यवस्था गरेको हो ।
वैदेशिक रोजगार ऐन २०६४ को दफा ३८ बमोजिम गठन भएको बोर्डको नियमित कार्य सञ्चालन गर्न वैदेशिक रोजगार बोर्डको सचिवालय राखिएको छ । बोर्डको अध्यक्ष श्रम तथा रोजगार मन्त्री रहने व्यवस्था छ भने उच्च पदस्थ सरकारी अधिकारी, वैदेशिक रोजगार व्यवसायी, ट्रेड युनियन, वैदेशिक रोजगार विज्ञ र यो क्षेत्रमा कार्यरत संस्थाहरुको प्रतिनिधित्व रहने व्यवस्था छ । हाल वोर्डमा अध्यक्ष सहित २५ जना सदस्यहरु छन् ।
सम्बन्धित खबर
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
रसुवा बाढीमा हालसम्म १ हजार ४१० को शव फेला, ६ हजार बढी वेपत्ता
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन