इलाममा बस दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ। आइतबार अपराह्नमा रोङ गाउँपालिका-३ भालुजोडास्थित सडकमा बस दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको हो।
धनुषदेखि शैक्षिक भ्रमणका लागि इलामको कन्याम घुम्न आएका विद्यार्थी सवार ना६ख ८४२४ नम्बरको बस रोङ गााउपालिकाको किटेनी भन्ने स्थानमा दुर्घटना हुँदा धनुषाधाम नगरपालिका–९ धारापानीका १२ वर्षीय अर्पण लामाको निधन भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । उनी रूखमा अड्किएका थिए ।
दुर्घटनामा ३६ जना घाइते भएको र उनीहरुमध्ये ६ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । आइतबार साँझ साढे ५ बजे भएको दुर्घटनाका घाइतेलाई सडकजाम हुँदा उद्धार गर्न कठिनाइ भएको इलामका प्रहरी नायव उपरिक्षक प्रकाश जवेगूले जानकारी दिए ।
दुर्घटनामा परेका सबै धनुषाधाम–९ का तामाङ र लामा समुदायका सदस्य छन् । एकजना प्रहरी जवान पनि दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा धनुषाधाम ९ धारापानीकी २० वर्षीया गणेशकुमारी मोक्तान, सोहि स्थानकी ११ वर्षीर्या समिक्षा मोक्तान, १२ वर्षीय शेखर मोक्तान, १२ वर्षीया निर्जला मोक्तान, ३६ वर्षीया अञ्जु लामा, २ वर्षीया स्नेहरी लामा, ९ वर्षीया रिचा लामा, ११ वर्षीया काजल नायक, १४ वर्षीया निकिशा मोक्तान, ११ वर्षीया रितु लामा, ४० वर्षीया सुनमाया लामा, २० वर्षीया कविता घिसिङ, १३ वर्षीय सौगात लामा, १४ वर्षीया वर्षा तामाङ, १५ वर्षीया सिद्वार्थ तामाङ, १७ वर्षीया स्वेच्छा लोप्चन, १२ वर्षीया विविशा मोक्तान, १५ वर्षीया रोजिना तामाङ, २८ वर्षीया कल्पनाकुमारी लामा, ३१ वर्षीया शान्ता पाख्रिन, ३५ वर्षीर्या मनवति लामा, ३० वर्षीया ज्ञानु लामा, २८ वर्षीया प्रतिक्षा लामा, ४५ वर्षीया लालकुमारी लामा, ४० वर्षीय (प्रहरी जवान) विरवहादुर मोक्तान, २५ वर्षीय करण मोक्तान, २६ वर्षीया कुसुम घिसिङ, ६० वर्षीया शान्तामाया तामाङ ३५ वर्षीय अनिल परियार, ३० वर्षीया रचना घिसिङ, ३५ वर्षीय सञ्जिव तामाङ, २८ वर्षीया रेणु घिसिङ, २६ वर्षीया समिक्षा लामा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख दिपक दुलालले जानकारी दिए ।
घाइतेहरु सबैलाई उपचारार्थ झापाका विभिन्न अस्पतालमा पठाइएको छ । अधिकांशलाई बीएण्डसी अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित खबर
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
यात्रुसहितको कार सुनकोसीमा खस्यो, कार र यात्रुको अवस्था अज्ञात
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
पोखरामा पर्यटकबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
पर्वतमा ट्याक्टर दुर्घटनाः चालकसहित दुई जनाको मृत्यु, एक घाइते
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो