पोखरा महानगरपालिका-१६स्थित कृषि सञ्जाल यतिखेर अर्मला क्षेत्रलाई महको पकेट क्षेत्रको रुपमा विकास गर्ने अभियानमा जुटेको छ ।
बाँझो रहेको जग्गामा वन विस्तार भई मौरीका लागि चरन क्षेत्र बढेसँगै महानगरको ५० प्रतिशत अनुदानबाट यहाँका किसान मौरीपालनतर्फ आकर्षक भएका हुन् ।
२३ लाख ४६ हजार सात सय ७० बराबरका ६६ घरपरिवारलाई अर्मलामा ९३ थान मौरीसहितको घार वितरण गरिएको कृषि सञ्जालका अध्यक्ष जीतबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार यस कार्यका लगि महानगरबाट प्राप्त रु ११ लाख ९५ हजार सात सय ३० अनुदान र किसानबाट सङ्कलित एघार लाख ५१ हजार ४० लगानी भइसकेको छ । वडामा १९३ घार वितरण गरिएको छ ।
गत जेठ महिनामा वितरण गरिएका घारबाट किसानले पहिलो पटक मह उत्पादन सुरु गरेका छन् । उक्त सञ्जालले मौरी पालनसम्बन्धी विभिन्न तालिमसमेत प्रदान गर्दै आएको उनको भनाइ थियो ।
मौरीसहितका ६ घार खरिद गरिएको बताउनुहुने पोखरा–१६ स्थित महेन्द्र गुफा चोककी निर्मला बस्नेतले उत्पादित मह बिक्री पनि गरिसकेको बताए ।
घरमा दुई वर्षअघि खरिद गरेको घार थियो, मह उत्पादन पनि राम्रै भएको उल्लेख गर्दै उनले भने, ‘अनुदानमा पाएको घारका साथै सुरक्षा सामग्री र सूर्यमुखी फूलको बीउले मौरी पालनका लागि थप उत्साही बनाएको छ । यस अघिका घारबाट उत्पादित मह पनि प्रतिकेजी रु एक हजार पाँच सयमा बिक्री हुँदै आएको छ ।’
‘महानगरले एक घार बीउ मौरी दिएर मात्र हुँदैन, घार विस्तार गरी नयाँ घार खरिदमा पनि अनुदानको व्यवस्था गर्नु अपरिआर्य छ” बस्नेतले थपे, ‘एउटा खाली घारलाई चार हजार पाँच सय पर्छ किसानले आफ्नो लगानीलाई कहिले व्यवसायमा परिणत गर्ने?’
अर्मला डिहीकी रामलक्ष्मी गुरुङले भने, ‘घर छेउको बारीमा चार वटा मौरीका घार छन् मह बिक्रीबाट बार्षिक रु ५० हजारदेखि ६० हजारसम्म आम्दानी हुने गरेको छ, बीस घार पुर्याएर रु चार लाखदेखि पाँच लाख आम्दानी गर्ने सोच छ । उत्पादित मह बिक्री हुदैन की भन्नुपर्दैन विदेशबाट आएको माग पनि पुर्याउन नसकेको बताउँदै सञ्जालको सदस्यसमेत रहेकी गुरुङले भनिन्, ‘मह काट्न, घार फुटाउन र सरसफाइ गर्नका लागि पनि तालिम लिएकी छु सबै काम आफै गर्दछु ।’
मौरीलाई कृतिम आहार दिनुपर्दैन चरन पर्याप्त भएका कारण प्राङ्गारिक मह उत्पादन गर्दै आएको छ । तर जङ्गलका बारुला, अरिङगाल, खपटे कीरालगायतले दुःख दिने गरेको उनले बताए ।
सोही क्षेत्रका वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाका अनुसार अर्मलालाई कृषिको हव बनाउने लक्ष्यका साथ मौरीसहित तरकारी, पशुपालन, आलुको बीउ उत्पादनलगायत क्षेत्रमा अनुदानको व्यवस्था गरेर किसानलाई प्रोत्साहन गर्दै आइएको छ ।
आगामी दिनमा किसानलाई व्यावसायिक बनाएर आत्मनिर्भर बनाउने खालका कार्यक्रममा जोड दिइने उनको भनाइ थियो । पोखरा महानगरपालिकाका ३३ वटै वडामा कृषि सञ्जाल गठन गरी सम्भाव्यता र माग अनुसारका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइएको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए ।
महानगरको एक वडा एक उत्पादन अभियानअन्तर्गत वडा नं १६ लाई मौरीको पकेट क्षेत्रको रुपमा विकास गरिएको छ भन्दै उक्त वडामा हालसम्म दुई सयभन्दा बढी घार अनुदानमा वितरण गरिएको उनले बताए ।
महानगरले कृषिमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ गत आर्थिक वर्षमा रु छ करोड कृषि क्षेत्रमा विनियोजन गरेर प्रत्यक्ष किसान समक्ष पुर्याउन सफल भएको प्रमुख कडरियाको जिकिर थियो ।
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न सरसफाई: प्रदेश सांसद गुरुङ
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !