लागूऔषधसहित पोखरामा ३ युवक पक्राउ परेका छन् । आइतबार साँझ उनीहरू पक्राउ परेका हुन् ।
लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय,पोखरा र जिल्ला प्रहरी कार्यालय, कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उदयपुर सगरमाथा नगरपालिका वडा नं.५ स्थायी घर भई हाल कास्की पोखरा वडा नं.५ मासबार बस्ने बर्ष २३ को जीवन बि.क.लाई पोखरा ८ आलुमाइला चोक स्थित सडकमा शंकास्पद अवस्थामा फेलापारी चेकजाँच गर्ने क्रममा निजको साथबाट नाइट्रोभ्याट लेखिएको लागू औषध ५ चक्की बरामद भएको प्रहरीले जनाएको छ ।
उनकै बयानबाट अर्घाखाँची स्थायी घर भई हाल पोखरा ८ सितलमार्ग बस्ने बर्ष २५ को प्रविण पौडेलको साथबाट समेत ५ सय ७ चक्की लागू औषध नाइट्रोभ्याट तथा जिल्ला कास्की पोखरा ९ संगममार्ग बस्ने बर्ष २३ को कुशल विक्रम खाँण ठकुरीको साथबाट लागू औषध नाईट्रोभ्याट तीन सय चक्की बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनजनालाई कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा दश दिन म्याद थप अनुमति लिई थप अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
बागलुङमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा लक्ष्मी पक्राउ
गोलाङ हत्या प्रकरणः कैद मुक्त भएर घर फर्केकै रात भाउजूको हत्या
सडकमा हिँडिरहेकी युवतीको सुनको सिक्री लुटेर भाग्ने युवक पक्राउ
धादिङको गोलाङमा ६२ वर्षीया वृद्धा मृत फेला
छोराको कुटपिटबाट बाबुको मृत्यु
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका