फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा समूह ‘एच’ को खेलमा नेपालले लगातार दोस्रो खेलमा पराजय भोगेको छ।
मंगलबार राति दशरथ रंगशालामा भएको खेलमा नेपालले यमनसँग २-० गोलको पराजय भोगेको हो। यमनले नेपालविरूद्ध दुवै गोल दोस्रो हाफमा गरेको थियो। दुवै गोल सब्सिच्युट खेलाडीले गर्दा दशरथ रंगशालामा उपस्थित १३ हजार ७ सय दर्शक स्तब्ध बनेका थिए।
यमनका लागि ओमर अब्दुल्लाहले ७२ मिनेटमा पहिलो गोल गरे। उनले डिबक्स बाहिरबाट नेपाली डिफेन्डरलाई छक्काउँदै गरेको प्रहारलाई नेपालका गोलकिपर तथा कप्तान किरणकुमार लिम्बुले रोक्न सकेनन्।
खेलको अन्तिम मिनेटमा अब्दुल्लाह अल दाहीले यमनको अग्रता दोब्बर पारे। दोस्रो हाफमा नेपालका हिसुब थपलियाले गोल गर्ने अवसर पाए पनि उनको प्रहारलाई यमनका गोलकिपरले रोकेका थिए। त्यसअघि खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
यसअघि नेपालले दोस्रो चरणको पहिलो खेल युएईसँग ४-० को हार ब्यहोरेको थियो। यमन पनि बहराइनसँग २-० ले पराजित भएको थियो।
फिफा वरीयतामा यमन १५६औं स्थानमा रहदा नेपाल १७३ औं स्थानमा छ। दोस्रो चरणका खेलहरू होम एन्ड अवेका आधारमा हुनेछन्। नेपालले तीनै टिमसँग होम एन्ड अवे गरी २-२ खेल गरी ६ खेल खेल्नेछ। दोस्रो चरणको छनोटको अन्तिम खेल ६ जुनमा हुनेछ।
चार टिममध्ये शीर्ष दुई टिम एसिया कपमा छनोट हुनेछन् भने विश्वकपको तेस्रो चरणका लागि छानिनेछन्। पुछारका दुई टिमको विश्वकप छनोट यात्रा सकिँदा एसिया कपको तेस्रो चरणमा स्थान बन्नेछ।
सम्बन्धित खबर
नेपाल ह्याण्डबल संघ अध्यक्षमा तिमिल्सिना, महासचिवमा पाठक
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
शान्ति निकेतन विद्यालयमा वार्षिक खेलकुद महोत्सव सुरु
फेदीखोला राष्ट्रपति रनिङ शिल्डको उपाधि सिद्धार्थ माविलाई
शारीरिकसँगै मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्यः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’