पोखरा । एन्ड्युरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेस आज (बिहीबार) देखि शुरु भएको छ । रेसको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले उद्घाटन गरे ।
माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा मंसिर ९ गतेसम्म पोखरा महानगरपालिका वडा नं. १३ को आर्बा–बिजय डाँडा (महाप्रभु धाम)मा प्रतियोगिता भएको हो ।
प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै पोखराका मेयर आचार्यले खेल क्षेत्रको विकासको लागि महानगर सदैव तयार रहेको बताए । पोखरालाई खेल पर्यटनको हब बनाउनका लागि प्रशस्त सम्भाव्यता रहेका कारण अन्तर्राष्ट्रिय स्तरका खेल पोखरामा ल्याउन सबैले पहल गर्नुपर्ने उलने बताए ।
त्यस्तै प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माले ४ वर्ष अगाडी देखि तयारी गर्दै हाल सञ्चालन गर्न सफल भएको बताए । उनका अनुसार ७ विधामा हुने प्रतियोगिताको लागि ६ वटा ट्रयाक रहने जसमा ४ वटा सबैले गर्नुपर्ने हुन्छ । प्रोफेशन राइडरका लागि इलिट र इ–बाइकको लागि छुट्टै ट्रयाकमा रेस गर्नुपर्ने उनले बताए । एन्ड्युरो माउन्टेन बाइक रेसका लागि पोखरा नै उपयुक्त ठाँउ रहेको उनको भनाई थियो ।

त्यस्तै पोखरा १३ का वडाध्यक्ष किरण बरालले आर्बालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने भएकाले खुशी व्यक्त गरे ।
तीन दिनसम्म हुने प्रतियोगितामा नेपालसहिति ११ देशका ५६ खेलाडीले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा इलिट पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष), भेट्रान (५० वर्ष माथि), महिला ओपन तथा इ–बाइक गरि ७ विधामा प्रतिस्पर्धा हुनेछन् । इ–बाइक रेस नेपालमै पहिलो पटक हुन लागेको आयोजकले जनाएको छ ।
इलिट पुरुषतर्फका प्रथम हुनेले नगद ५० हजार रुपैयाँ, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्ने र इलिट महिलातर्फ प्रथम, दोस्रो र तेस्रो क्रमशः ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ प्राप्ते गर्नेछन् । अन्य विधामा भने गिफ्ट ह्यापर प्रदान गरिने आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन