पोखरा २४ का वडाध्यक्ष भरत अधिकारीलाई साढे ४ महिना कैद फैसला

जातीय छुवाछुत तथा दुर्व्यवहार प्रकरण

पोखरा २४ का वडाध्यक्ष भरत अधिकारीलाई साढे ४ महिना कैद फैसला

१० महिनाअघि डेढ लाख धरौटीमा छुटेका थिए

bharat-adhakari

पोखरा । छुवाछुत तथा दुर्व्यवहारको आरोप लागेर धरौटीमा मुक्त भएका पोखरा महानगरपालिका वडा नं. २४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद फैसला गरेको छ ।

आफ्नै वडा सदस्य मैया नेपालीले आफूमाथि जातिय भेदभावसहित दुर्व्यवहार गरेको भन्दै जातीय तथा सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी कसुरमा वडाध्यक्ष अधिकारीलाई कारवाहीको माग गर्दै गत ०७९ पुस २४ गते आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दर्ता गराएकी थिइन् । त्यसलगत्तै प्रहरीले अभियुक्त वडाध्यक्ष अधिकारीलाई पुस २६ गते पक्राउ गरेको थियो ।

गत ०७९ माघ ९ गते १ लाख ५० हजार धरौटीमा छुटेका अधिकारीलाई बिहीबार जिल्ला अदालतका न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले साढे ४ महिना कैद फैसला गरेको हो ।

 ३ महिना कैद, ५० हजार जरिवाना फैसला भएकोमा सार्वजनिक पद धारण गरेका हुनाले ५० प्रतिशत थप सजाय तोकिएको छ । साथै, कसुरदारले पीडितलाई क्षतिपूर्ति समेत भराउनुपर्ने प्रावधान छ । जनप्रतिनिधि अधिकारीले साढे ४ महिना कैद र ७५ हजार जरिवाना र १० हजार पीडित महिलालाई क्षतिपूर्ति बुझाउनुपर्नेछ ।

यसअघि कास्की जिल्ला अदालतका न्यायाधिश ऋषिराज आचार्यको एकल इजलासले १ लाख ५० हजारमा रुपैयाँमा अधिकारीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । जिल्ला अदालत कास्कीले पहिलो पटक ५ दिन र दोस्रो पटक १० दिन गरी २ पटक म्याद थप गरी अनुसन्धान गरिएको थियो ।

थियो, सोही अनुसार फैसला भएको छ । पोखरा–२४ कास्कीकोटमा वडाध्यक्ष अधिकारी कांग्रेसबाट निर्वाचित हुन् । बाँकी ४ सदस्य एमालेबाट निर्वाचित भएका हुन् । यसअघि, वडाध्यक्षबाट पीडित जनप्रतिनिधि नेपालीलाई न्याय दिलाउनको लागि उत्पीडित समुदाय संघर्ष समिति कास्की गठन गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds