पोखराबाट सबैभन्दा धेरै आयकर तिर्ने जाल्पा सामुदायिक लघुवित्त, माछापुच्छ्रे मेटल र कर्माचार्य वेक्स एण्ड फुड्सलाई सम्मान गरिएको छ ।
आन्तरिक राजस्व कार्यालय पोखराले राष्ट्रिय कर दिवस तथा कर सप्ताह कार्यक्रम २०डण् समापन समारोहमा सम्मान गरेको हो । उत्कृष्ट कर्मचारी टाइपिष्ट नायब सुब्बा कृष्णहरी गौतमलाई पनि सम्मान गरिएको छ।
‘स्वच्छ, पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र सुशासन’ भन्ने नारा सहित बिहिबार एक कार्यक्रमकाबीच राष्ट्रिय कर दिवस तथा कर सप्ताह सम्पन्न गरिएको हो ।
करदातालाई सम्मान तथा कर सप्ताह कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले करदाता र कर प्रशासनको सम्बन्धमा सुदृढ बनाउँदै लग्नुपर्ने बताइन् । उनले कर चेतना अभिवृद्धिका लागि करदाता शिक्षा कार्यक्रम निरन्तर संचालन हुनुपर्ने बताइन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सचिव एंव आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक बिनोद बहादुर कुँवरले कर प्रशासनमा दिनानुदिन सुधार हुँदै आइरहेको बताउँदै कर प्रशासनलाई अन्तराष्ट्रिय स्तरको बनाउनु पर्नेमा जोड दिए ।

यसैगरी, आर्थिक मामिला मन्त्रालयका सचिव बलराम रिजालले करले तत्काल लाभ दिएको नदेखिएतापनि लिर्घकालीन लाभ प्रदान गर्ने बताए ।
करदातालाई सम्मान तथा कर सप्ताह कार्यक्रमको समापन कार्यक्रममा बोल्दै आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिव शर्माले कर कानूनको पालना गरी राजस्व संकलनमा योगदान गर्ने करदाताप्रति हार्दिक आभार व्यक्त गरे। उनले कार्यालयले प्रदान गर्ने सेवाहरूमा गुणात्मक परिवर्तन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यकममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापति, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ र चेम्बर अफ कमर्श पोखराका अध्यक्ष यमनाथ पौडेलले कर प्रशासन व्यवसायमैत्री बन्नुपर्नेमा जोड दिँदै राज्यले व्यवसायीक वातावरण सुधार गर्न आवश्यक पहल कदमी गर्नुपर्नेमा जोड दिए ।
आन्तरिक राजस्व कार्यालय पोखराले कार्तिक मसान्त सम्ममा राजस्व संकलन लक्ष्यको १०१.६८ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ । कार्यालयको ६ अर्ब ३९ करोड ४६ लाख ८१ हजार राजस्व संकलन गर्ने वार्षीक लक्ष्य रहेकोमा कात्तिक मसान्त सम्ममा १ अर्ब ३८ करोड ४८ लाख ७९ हजार राजस्व संकलन भएको छ।
कार्यालयले कार्तिक मसान्तसम्मका लागि निर्धारित लक्षको आयकर तर्फ १३४.५० प्रतिशत, अन्तः शुल्क तर्फ ११६.३६ प्रतिशत र मूअकर तर्फ ७८.१४ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ।
आन्तरिक राजस्व कार्यालय पोखरामा कार्तिक मसान्त सम्ममा आयकरमा ६६ हजार ८७५ करदाता दर्ता भएका छन्। यसैगरी मूअकरमा १२ हजार ९३, अन्तः शुल्कमा ४ हजार ४७० दर्ता भएका छन्। व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको संख्या १ लाख ६२ हजार ३९० पुगेको छ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो