पोखरा । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरामा बिहिबारबाट सुरु भएको प्रथम केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले बिजयी सुरुवात गरेको छ ।
पोखरा रंगशलामा सुरु भएको प्रतियोगितामा सन्दीप लामिछानेको बलिङ र रित गौतमको उत्कृष्ट व्याटिङको मद्धतले विजयी सुरुवात गरेको हो । बागमतीले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी ‘रातो’ लाई १०९ रनले पराजित गरेको छ ।
टस हारेर पारीको सुरुवात गरेको बागमतीले ७ विकेटको क्षतीमा १८४ रन बनाएको थियो । म्यान अफ दि म्याच समेत रहेका बागमतीका रित गौतमले ५३ बलमा ८ चौका र ३ छक्कासहित ७४ रनको महत्वपूर्ण पारी खेले । उनी २० औं ओभरको अन्तिम बलमा रन आउट भए । सुभ कन्साकारले २२ बल खेल्दै २७ बनाए । पावरप्लेमा नै दुई विकेट गुमाएको बागमतीको पारी रित गौतमले सम्हालेका थिए । प्रतिक श्रेष्ठ १४ रन बनाउने क्रममा सन्तोष यादवको बलमा आउट भए ।
आयोजक रातोका बिप्रासन केसीले ३ ओभरको स्पोलमा ३९ रन खर्चिएर दुई विकेट हात पारे । सन्देथ थापा र सन्तोष यादवले समान १–१ विकेट लिए ।
१८५ रनको लक्ष्य पछ्याएको आयोजक रातोलाई सस्तैमा समेट्न सन्दीप लामिछानेले ४ ओभरमा १६ रन खर्चिएर ४ विकेट लिए । सुवास खत्रीले खत्रीले २.२ ओभरमा १६ रन खर्चिएर ३ विकेट लिएपछि आयोजक रातो ७५ रनमा समेटिन पुग्यो । अमर मिश्रले र विजय प्रजापतिले समान १३/१३ रन र सन्तोष यादव १२ र निर्मल थापाले १० रन बनाए । अन्यले दोहोरो अंक छुन सकेनन् ।
प्रतियोगिताको उदघाटन नेकपा एमालेका अध्यक्ष एवं मदन भण्डारी स्पोर्टस एकेडेमीका संरक्षक पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।
प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार नगद सहति मेडल र ट्रफि प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट व्याटर र बलरले जनही नगद २०/२० हजार तथा म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ पाउने छन् ।
भोली शुक्रबार दुई खेल मध्ये पहिलो खेल कर्णाली र बागमती प्रदेशका विच र दोश्रो खेल गण्डकी प्रदेश र शसस्त्र प्रहरीको एपिएफ क्लवका विच हुने छ ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बिरुवामा नवौं अध्यक्ष कप खेलकुद प्रतियोगिता हुँदै
पोखरा स्पोर्ट्स अवार्डको पिपल्स च्वाइस अवार्डमा को-को परे ?
पोखरा रात्रिकालीन सडक दौडको तयारी अन्तिम चरणमा
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा