कुश्माको ‘स्नेहा किराना स्टोर्स’ सर्वाधिक कर तिर्ने व्यवसायका रूपमा सम्मानित

कर दिवस

कुश्माको ‘स्नेहा किराना स्टोर्स’ सर्वाधिक कर तिर्ने व्यवसायका रूपमा सम्मानित

यो वर्षसँगै ३ पटकसम्म सर्वाधिक कर तिर्ने व्यवसाय

sneha kirana

पर्वतको परिचित स्नेहा किराना स्टोर्स राज्यबाट पुनः सम्मानित भएको छ । यो वर्षसँगै स्नेहा किराना स्टोर्स ३ पटकसम्म सर्वाधिक कर तिर्ने व्यवसायका रुपमा सम्मानित बन्न पुगेको हो ।

आन्तरिक राजश्व कार्यालय, बागलुङले १२ औं कर दिवस २०८० का अवसरमा स्टोर्सलाई व्यवसायतर्फ सबैभन्दा बढी आयकर दाखिला गरेकोमा कदर स्वरुप सम्मानपत्र प्रदान गरेको हो ।

कुश्मा वडा नं. ५ स्थित स्नेहा किराना स्टोर्सले आर्थिक वर्ष २०७८÷७९ मा सबैभन्दा बढी कर तिरेको हो ।

बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत शालिकराम आचार्यले स्टोर्सका प्रोपाइटर डासीराम अधिकारीलाई सम्मानपत्र प्रदान गरे ।

प्रमुख कर अधिकृत आचार्यले कार्यालयको क्षेत्राधिकार अन्तर्गतका करदाता मध्ये व्यवसायतर्फ सबैभन्दा बढी आयकर दाखिला गरेकोमा खुशी व्यक्त गर्दै यसले राष्ट्रलाई ठूलो योगदान दिएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ