लमजुङमा कौडा खेल्दै गरेका ११ जना पक्राउ

लमजुङमा कौडा खेल्दै गरेका ११ जना पक्राउ

Kauda Pakrau

लमजुङ । लमजुङको सुन्दरबजारमा कौडा खेल्दै गरेका ११ जना पक्राउ परेका छन् ।

सुन्दरबजार नगरपालिका ६ खत्रीठाँटी स्थित सुवास श्रेष्ठको घरमा बिहीबार राति हारजितको बाजी राखेर कौडा खेलिरहेका ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा एक जना बेसीशहर नगरपालिकसको र अन्य सबै सुन्दरबजार नगरपालिका भित्रका छन् ।

उनीहरूको साथबाट १६ गोटी कौडा साथै नगद १ लाख २४ हजार २ सय ९५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ ।

रातको समय हारजितको बाजी राखेर कौडा खेलिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय भोटेओडार र सुन्दरबजारको प्रहरी टोलीले छापा मारेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ