पोखरा । पोखरामा हुने मुवाथाई राष्ट्रिय च्याम्पियनसिपलाई विभिन्न व्यवसायिक संस्थाहरुले सहकार्य गर्ने भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा पुस ८ र ९ गते सञ्चालन हुने प्रतियोगितालाई विभिन्न व्यवसायिक संस्थाहरुले सहकार्य गर्ने भएका हुन् ।
मार्शल आर्ट खेलको विशिष्ट रुपमा परिभाषित मुवाथाई खेल पछिल्लो क्रममा नेपालमा समेत यसको व्यवासयिकरणको अभ्यास सुरु भएको हो । सोही अभ्यासलाई अभियानको रुपमा अघि बढाउन पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिताका संयोजक एवं प्रदेश खेलकुद परिषदका सदस्य खगेन्द्र क्षेत्रीले बताए ।
“हामीले पहिलो पटक अभियानको रुपमा मुवाथाई खेललाई स्थापित गर्न अघि बढेका छौं” क्षेत्रीले भने–“यसले गण्डकी प्रदेशमा मात्रै नभई राष्ट्रिय रुपमा समेत महत्वपूर्ण प्रभाव पार्ने छ । साथै यसले नेपालीमा यूवा खेलाडी उत्पादन र उनीहरुको क्षमता निर्खान समेत भूमिका खेल्नेछ ।”
प्रतियोगिताको तयारी सुरु भए संगै सहकार्यका लागि विभिन्न व्यवसायिक संस्थाहरु समेत सहयोगका लागि अघि आएको संयोजक खत्रीले जानकारी दिए । जस अनुसार नेपाली कपडाको उत्कृष्ट व्राण्डको रुपमा रहेको भिटालिक, पोखरा १५ रामबजार स्थित यूवाहरुले सञ्चालनमा ल्याएको पोखरा अर्वान मार्ट, अटोमोवाइल तथा व्याट्रिहरुको कम्पनी एमरोन र एम्पेल लगायतका संस्थाहरु रहेका छन् ।
‘कन्टेन्डर’ राष्ट्रिय मुवाथाई च्याम्पियनसिपलाई सहयोग गर्ने ति व्यवसायिक संस्थाहरु मध्ये पोखरा अर्वान मार्टले खेलाडी पुरस्कार राशीमा, भिटालिकले खेलाडीहरुको पोशाकमा र अन्य संस्थाहरुले व्यवस्थापनमा सहयोग गर्ने भएको संयोजक खत्रीले जनाए । “सहयोग गर्ने संस्थाहरुलाई म हार्दिक आभार व्यक्त गर्न चाहन्छुु”, उनले भने–“उहाँहरुको सहयोगले प्रतियोगितालाई भव्य बनाउन विशेष योगदान रहने छ ।”
यस्तै प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले पोखरालाई खेल पर्यटनको रुपमा विकास गर्न राष्ट्रिय मुवाथाई च्याम्पियनसिपले भूमिका खेल्ने बताए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन