पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणमा क्रममा भारतले अनुदानमा दिएको मुर्रा राँगा पोखरा आइपुगेका छन् ।
नेपाललाई दिइएको १५ राँगामध्ये कास्कीको पोखरामा ७ वटा ल्याइएको हो । ५ वटा सिरहाको लहान र ३ वटा बाँकेको नेपालगन्जमा राखिएको छ ।
शुक्रबार आइपुगेका राँगा पोखराको राष्ट्रिय पशु प्रजनन कार्यालय भेडीफाराममा राखिएको छ । नेपालगन्जबाट बुटवल पाल्पा हुँदै पोखरा ल्याइएको राँगालाई प्रजनन कार्यालयमा फूलमालाले स्वागत गरिएको थियो ।
ति रांगाहरुलाई एक महिना क्वारेन्टिनमा राखिने र त्यसपछि विर्य संकलन थालिने कार्यालयले जनाएको छ । पशु प्रजनन कार्यालयमा हाल १ सय ७८ वटा भैँसी, ५२ वटा गाई, २ सय ५ वटा बोयर बोका, २ सय ६७ वटा बंगुर र ७ हजार भन्दा बढी कुखुरा तथा ८४ वटा भेडा छन् । राँगा र साँढे ६० वटा छन् । उनीहरूबाट वीर्य सङ्कलन गरेर किसानको गोठमा पठाइन्छ ।

पोखराका मेयर धनराज आचार्यले यस राँगाले यसबाट पोखरा र यस क्षेत्रमा उच्च जात र नश्लको भैँसी पालक कृषकहरु बिशेष लाभान्वित हुने बताए ।
उनले भने – ‘भारतबाट उन्नत नश्लका मुर्रा जातका राँगा ल्याउने काम पूरा भएको छ । १५ मध्ये ७ राँगा पोखरास्थित पशु प्रजनन विकास केन्द्र (भेडीफाराम) मा ल्याइएको छ। यसबाट पोखरा र यस क्षेत्रमा उच्च जात र नश्लको भैँसी पालक कृषकहरु बिशेष लाभान्वित हुनुहुनेछ। यस अतुलनिय प्रयासको लागि सम्पूर्ण सहयोगी हातहरुप्रति हार्दिक आभार’
सम्बन्धित खबर
याम्दी खोलामा डुबेर स्याङ्जाका २१ वर्षीय रोक्काको मृत्यु
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी
प्रेमलाई ‘मिलन युथ इनर्जेटिक फोटोग्राफी अवार्ड’, पुरस्कारको रकममा थपेर बाढीपीडितलाई प्रदान
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
फेवातालमा भारतीय कार खस्दा दुई जनाको मृत्यु, दुई जनाको जीवितै उद्धार
‘निःस्वार्थ सहयोगमाथि सरकारी तहबाटै राजनीतिकरण हुँदा निरन्तरता दिन कठिन भयो’: लेकसाइड होटलियर्स क्लब
यो पनि पढौँ
बाढीपीडितका लागि अटोवेज, प्रतिभा मावि र गोविन्द–कलावती फाउन्डेसनबाट ४१ लाख बढी सहयोग
फेवातालमा कायकिङ गर्ने क्रममा २१ वर्षीय युवकको डुबेर मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्टले प्रदान गरे बाढी पीडितलाई एक महिनाको तलब
‘प्रभावकारी कक्षाकोठा तथा विद्यालय व्यवस्थापनः समावेशिता, सुरक्षा र नवीनता’ विषयक दुई दिवसीय गोष्ठी