पोखरामा भएको अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेसमा पोखरा एन्ड्युरोको उपाधि इन्डोनेसियाका रामा तेगुले प्राप्त गरेका छन् । उनले ५ स्टेज (ट्रयाक) को ११.९२० किलोमिटर दुरी ९ मिनट ५९ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् ।
९ विधामा इलित पुरुषतर्फको उपाधि जितेका उनले नगद ५० हजार रुपैयाँसमेत पाए । यो विधामा युकेका क्रिस्टोफर किलिङले १० मिनेट १६ सकेन्डमा दुरी पार गर्दै दोस्रो भए ।
नेपालका प्रचित थापाले १९ मिनेट ३६ सेकेन्डमा दुरी पार गदैै तेस्रो स्थान हासिल गरेका छन् । दोस्रो र तेस्रोले क्रमशः ३० हजार र २० हजारको साथमा प्रमाणपत्र, मेडलसहित गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् ।
महिलातर्फ नेपालकी लक्ष्मी मगर विजेता बनेकी छन् । उनले साढे १० किलोमिटर दुरी ९ मिनेट ५३ सेकेन्डमा पूरा गरिन् ।
नेपालकै मिङमा याङ्जी शेर्पाले उपविजेता र सिंगापुरकी इभोना सियाले तेस्रो स्थान हासिल गरे । उनीहरुले क्रमशः ११ मिनेट २५ सेकेन्ड, १५ मिनेट ३५ सेकेन्ड समय लगाए ।
विजेता, उपविजेता र तेस्रो हुनेले क्रमशः नगद ३५ हजार, २५ हजार र १५ हजार हजार रुपैयाँसहित प्रमाणपत्र, मेडल र गिफ्टह्याम्पर पाएका छन् ।
१८ वर्षसम्मका पुरुष जुनियर तर्फ नेपालका बिपुल विजेता भए । उनलाई पछ्याउदै अमेरिकाका एलिजा स्टेवार्ड दोस्रो र नेपालका दिपेश थापा तेस्रो भए । उनीहरुले प्रमाणपत्र, मेडलका साथमा गिफ्ट ह्यापर प्राप्त गरे ।
३० देखि ३९ वर्ष उमेर समूहको मास्टर्स ‘क’ विधामा राजन भण्डारी विजेता हुँदा, मंगल लामा दोस्रो र कुंगा वोसेर तेस्रो स्थानमा आए ।
४० देखि ४९ वर्ष उमेर समूहको मास्टर्स ‘ख’ विधामा सुरज पाण्डेले विजेता भए । रवि कार्कीले दोस्रो र नारायण मानन्धरले तेस्रो स्थान हासिल गरे ।
५० वर्षमाथि उमेर समूहका भेट्रानतर्फ लाल आले, सुलोचन राजभण्डारी र सैशव प्रधानले क्रमशः पहिलो दोस्रो र तेस्रो स्थान ल्याए ।
नेपालमै पहिलो पटक आयोजना भएको ‘इ–बाइक’ विधामा प्रशन्न गौतम विजेता भए । विश्वास मोदी दोस्रो भए ।
माउन्टेन बाइक कम्पनी डन टिल डस्कको आयोजनामा पोखरा महानगरपालिका–१३ को आर्बा–बिजय डाँडामा ३ दिनससम्म चलेको प्रतियोगितामा नेपालसहिति ११ देशका ५६ खेलाडीले सहभागिता जनाएका थिए ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला