पोखरामा जारी केपी ओली कप टि–२० क्रिकेट प्रतियोगितामा शनिबार शसस्त्र प्रहरी बलको एपीएफ क्लब र कर्णाली प्रदेशले जीत निकालेका छन् ।
एपीएफले लुम्बिनी प्रदेशलाई र कर्णाली प्रदेशले आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी ‘रातो’ लाई पराजित गरेको हो ।
पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको खेलमा एपीएफले लुम्बिनीलाई ८४ रनले पराजित गरेको छ । १५२ रनको लक्ष्य पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६७ रन मात्रै बनाउन सफल भयो ।
एपीएफका अरुण ऐरीले ५ विकेट लिए । भुवन कार्कीले २, अभिनाष बोहरा र अमर रौटालाले १/१ विकेट लिए ।
लुम्बिनीका मिर्नल गुरुङले सर्वाधिक १४ रन जोडे । रोशन गुप्ताले अविजित १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । एपीएफका लोकेश बमले विष्फोटक पारी खेले । बमले १३ बलमा ३ चौका, ३ छक्काको मद्दतमा ३२ रन जोडे ।
एपीएफ पहिलो खेलमा गण्डकी प्रदेशसंग ४ विकेटले पराजित भएको थियो । तसर्थ सेमिफाइनल प्रवेशको सम्भावना जिवितै छ ।
शनिबारको पहिलो खेलमा कर्णाली प्रदेशले आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी ‘रातो’ लाई ४ विकेटले पराजित गरेको छ ।
मदन भण्डारी ‘रातो’ ले दिएको ११० रनको लक्ष्यलाई कर्णाली प्रदेशले १८.१ ओभरमा ६ विकेट गुमाउँदै पुरा गरेको थियो । ११० रनको लक्ष्यलाई पुरा गर्ने क्रममा दिपेन्द्र रावतले अविजित ४३ रनको योगदान दिए ।
मदन भण्डारीको ‘रातो’ लगातार २ खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
आइतबार पहिलो खेलमा गण्डकी प्रदेशसँग लुम्बिनी भिड्नेछ । नेपाल पुलिस क्लबसँग मधेश प्रदेश मैदान उत्रनेछ ।
मदन भण्डारी स्पोर्टस् एकेडेमीले आयोजना गरेको प्रतियोगिता बिहीबार सुरु भएको हो । मंसिर १५ गतेसम्म चल्ने प्रतियोगितामा सातै प्रदेशको टोलीसँगै विभागीय नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमिका २ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
विजेताले ५ लाख रुपैयाँको साथमा सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेताले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनेछ ।
म्यान अफ द सिरिजले नगद ३० हजार रुपैयाँ, बेस्ट बलरले नगद २० हजार रुपैयाँ र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्नेछन् ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो