पोखरा बहुमुखीको रक्तदानमा ३९ युनिट संकलन

पोखरा बहुमुखीको रक्तदानमा ३९ युनिट संकलन

pokhara multiple raktadan

पोखरा बहुमुखी क्याम्पसको ३७ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा सोमबार आयोजित रक्तदान कार्यक्रमममा ३९ जाले रक्तदान गरे ।

रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा पोखरा पृथ्वीचोकमा सार्वजनिक रुपमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

क्याम्पसको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत रक्तदान जीवनदान भन्ने नारालाइ सार्थक बनाउन उक्त कार्यक्रम गरिएको क्याम्पस व्यवस्थापन समिति अध्यक्ष नरेन्द्रमान लालचनले बताए ।

नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसञ्चार विभाग प्रमुख अर्जुन ज्ञवालीले संस्थागत रुपमा गरिने नियमित रक्तदान कार्यक्रमहरुले जनसेवाको भावना जगाउन प्रेरणा दिनेमात्र होइन, स्वास्थ्य संस्थाहरुमा रगतको अभाव सहज पूर्ति गर्न ठूलो टेवा पुग्ने बताए ।

पोखरा बहुमुखी क्याम्पस, व्यवस्थापन संकाय प्रमुख तथा रक्तदान कार्यक्रम संयोजक दिपक घिमिरेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका बरिष्ठ प्राविधिक महेन्द्र केसी, क्याम्पसका प्राध्यापक भिम न्यौपाने लगायतले बोलेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds