पोखरामा विना अनुमति आफ्नै जग्गाको रुख पनि नकाट्नुस्, कारबाहीमा पर्नुहोला

'ग्रिन पोखरा, क्लिन पोखरा'

पोखरामा विना अनुमति आफ्नै जग्गाको रुख पनि नकाट्नुस्, कारबाहीमा पर्नुहोला

रुख काट्ने न्यूरोडका २ जनालाई १५ हजार जरिवाना

Pokhara rukh katan

तपाईं पोखरामा बस्नुहुन्छ र तपाईंको स्वामित्वका जग्गामा रुख काट्नुपरेमा अनुमति लिनुपर्ने हुन्छ । नत्र, जरिवानामा पर्नुहोला ।

पोखराको न्यूरोडमा विना अनुमति रुख काटेपछि दुई जना कारबाहीको भागिदार बनेका छन् । उनीहरुलाई १५ हजार जरिवाना तिराइएको छ । फुटपाथमा हुर्किएको रुख काट्ने गिटार सप र स्काई फेसनलाई महानगरपालिकाको आर्थिक ऐन २०८० मा भएको व्यवस्था अनुसार कारबाही गरिएको हो ।

पोखरा महानगरपालिकाको नियम विपरीत न्यूरोडको सडक किनारमा रहेको रुख काट्ने दुई जनालाई १५ हजार जरिवाना गरी अब गल्ती नदोहोर्‍याउने कागज गराइएको महानगर प्रमुखको सचिवालयले जनाएको छ ।

महानगरको आर्थिक ऐनमा सडक छेउको फुटपाथमा लगाइएका रुखहरूको हाँगा अनुमति विना कटान गरेमा प्रति हाँगा रु. ५००० र रुख नै काटेमा रु.१५ हजार जरिवाना हुने व्यवस्था छ । एक घर, दुई बिरुवाको नीति लिएको पोखरा महानगरपालिकाले पछिल्लो डेढ वर्षमा हजारौँ बिरुवाहरू वृक्षारोपण गरेको छ भने, त्यति नै सङ्ख्यामा फूलका बिरुवाहरू लगाएको छ ।

सडक छेउमा लगाइएका बिरुवाहरूको संरक्षण गर्न नगरवासीहरूमा नगर प्रमुख धनराज आचार्यले अनुरोध गरेका छन् । पर्यावरणको सन्तुलनमा रुख बिरुवाको निकै महत्त्वपूर्ण भूमिका रहने भन्दै आफ्ना घर अगाडिका बिरुवा तथा फूलहरूको संरक्षणका लागि अनुरोध गरेका हुन् ।

महानगरले ‘ग्रिन पोखरा, क्लिन पोखरा’ अवधारणा अगाडि सार्दै २ लाख वृक्षारोपण गर्ने अभियान अगाडि बढाएको जनाउँदै महानगर प्रमुखका स्वकीय सचिव पूर्ण लामाले कोही कसैलाई विना अनुमानि रुख नकाट्न सजग गराएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds