सामाजिक सञ्जालमा भाइरल बन्दै इन्स्पेक्टर बमको दादागिरी हर्कत [भिडियो]

सामाजिक सञ्जालमा भाइरल बन्दै इन्स्पेक्टर बमको दादागिरी हर्कत [भिडियो]

थप्पड हान्दै भनेका थिए ‘चुप, बढ्ता नबोल’

bam insp

अहिले सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा नेपाल प्रहरीका एक इन्स्पेक्टरले सर्वसाधारणलाई थप्पड हानेको एउटा भिडियो भाइरल छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को प्रदर्शनस्थलमा बुलेट बाइकमा हिँडिरहेका ती सर्वसाधारणलाई प्रहरी निरीक्षकले थप्पड हान्दै ‘अपशब्द’ बोलेका छन् ।

प्रदर्शनमा सहभागी हुन नआएको र घरतर्फ हिँडेको बताउँदा पनि सर्वसाधारणलाई थप्पड हान्ने ती इन्स्पेक्टर हुन् तिलकबहादुर बम ।  नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा कार्यरत बमले थप्पड हान्दै ती सर्वसाधारणलाई भन्छन्–‘चुप, बढ्ता नबोल ।’

थप्पड खाँदा पनि ती सर्वसाधारणले सोधेका छन्–‘हात किन छाड्नु भो सर् ?’ इन्स्पेक्टर बम रोकिँदैनन् । भन्छन्–‘किन बोल्या ?’ इन्स्पेक्टरले सर्वसाधारणलाई प्रश्न गर्न बन्देज लगाउँदै थप्पड हानेको भिडियो फेसबुक र ट्विटरमा भाइरल छ । तर, सँगै रहेका जुनियर प्रहरीहरूले भने संयमता अपनाएका छन् ।

सर्वसाधारणले आफू घर हिँडेको भन्दै प्रश्न गरेका छन्–‘हामी घर जान लाग्या मान्छे अब लुक्ने ? बोल्न नपाउने ?’ यस भिडियो मुन्तिर कमेन्टमा प्रहरी विरूद्ध चर्को आलोचना भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds