अहिले सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा नेपाल प्रहरीका एक इन्स्पेक्टरले सर्वसाधारणलाई थप्पड हानेको एउटा भिडियो भाइरल छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’को प्रदर्शनस्थलमा बुलेट बाइकमा हिँडिरहेका ती सर्वसाधारणलाई प्रहरी निरीक्षकले थप्पड हान्दै ‘अपशब्द’ बोलेका छन् ।
प्रदर्शनमा सहभागी हुन नआएको र घरतर्फ हिँडेको बताउँदा पनि सर्वसाधारणलाई थप्पड हान्ने ती इन्स्पेक्टर हुन् तिलकबहादुर बम । नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा कार्यरत बमले थप्पड हान्दै ती सर्वसाधारणलाई भन्छन्–‘चुप, बढ्ता नबोल ।’
थप्पड खाँदा पनि ती सर्वसाधारणले सोधेका छन्–‘हात किन छाड्नु भो सर् ?’ इन्स्पेक्टर बम रोकिँदैनन् । भन्छन्–‘किन बोल्या ?’ इन्स्पेक्टरले सर्वसाधारणलाई प्रश्न गर्न बन्देज लगाउँदै थप्पड हानेको भिडियो फेसबुक र ट्विटरमा भाइरल छ । तर, सँगै रहेका जुनियर प्रहरीहरूले भने संयमता अपनाएका छन् ।
सर्वसाधारणले आफू घर हिँडेको भन्दै प्रश्न गरेका छन्–‘हामी घर जान लाग्या मान्छे अब लुक्ने ? बोल्न नपाउने ?’ यस भिडियो मुन्तिर कमेन्टमा प्रहरी विरूद्ध चर्को आलोचना भइरहेको छ ।
सम्बन्धित खबर
ठूलो पानी पर्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रोनाल्डो हात्तीको मृत्यु, ३८ छावाको बाबु थिए रोनाल्डो
माथिल्लो त्रिशूली-१ आयोजनाको टनेलबाट ६ शव निकालियो
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
रसुवा बाढीमा हालसम्म १ हजार ४१० को शव फेला, ६ हजार बढी वेपत्ता
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन