पोखराका काँग्रेस युवा नेता लोकेन्द्र कोइरालाको हृदयाघातबाट निधन

पोखराका काँग्रेस युवा नेता लोकेन्द्र कोइरालाको हृदयाघातबाट निधन

Lokendra Koirala

पोखराका नेपाली कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाको असामयिक निधन भएको छ । पोखरा वडा नंं. ४ निवासी कोइरालाको हृदयाघातको कारण निधन भएको परिवारले जनाएको छ ।

४८ वर्षका कोइरालालाई अचानक हृदयाघात भएपछि गैह्रापाटन स्थित फिस्टेल हस्पिटल लगिएको थियो । उनको उपचारकै क्रममा आज बिहान सवा ८ बजेतिर निधन भएका हो ।

प्रेस चौतारीको केन्द्रीय कमिटि बैठकका लागि दार्चुला गएकी कोइरालाका भाइबुहारी पत्रकार कञ्चन थापा कोइराला पनि कार्यक्रम स्थगित गरी पोखरा फर्कँदै छिन्।

उनका अनुसार परिवारका तीन दाजुभाइमा माइला रहेका कोइरालाका आमा, चार दिदीबहिनी, श्रीमती र एउटा छोरा छन् । उनको आजै अन्त्येष्टि गरिने तयारी गरिएको छ ।

नेपाली कांग्रेसका युवा नेता, कास्की क्षेत्र नं. १ का सचिव सरोज केसीले कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन् । कोइरालाले लोकतान्त्रिक आन्दोलनमा गरेको त्याग, समर्पण र भूमिका चिरस्मरणीय रहेको केसीले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds