धरानबाट पोखरा आउँदै गरेको बस घाँसीकुवामा दुर्घटनाः ३६ जना घाइते, २ चिन्ताजनक

दुर्घटना

धरानबाट पोखरा आउँदै गरेको बस घाँसीकुवामा दुर्घटनाः ३६ जना घाइते, २ चिन्ताजनक

tanahun acc 2

तस्वीरः कृष्ण न्यौपाने / रासस

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा यात्रुबाहक बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । घाइतेमध्ये २ जना चिन्ताजनक अवस्थामा छन् ।

धरानबाट पोखरातर्फ आउँदै गरेको ग१ख ७८९५ नम्बरको बस आज बिहान सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको र केहीलाई पोखरा लैजाने तयारी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds