करिब ४ तोला सुन जस्तो धातुसहित पोखरामा एकजना पक्राउ

करिब ४ तोला सुन जस्तो धातुसहित पोखरामा एकजना पक्राउ

Arrest

पोखरा। कास्की प्रहरीले बिल नभएको सुन जस्तो पहेँलो धातुसहित एक जनालाई पक्राउ गरेको छ।

कास्की जिल्ला पोखरा महानगरपालिका -३२ मजुवामा सवारी चेकजाँचका क्रममा प्रहरीले सुन जस्तो धातुसहित भारत घर भएका २६ वर्षीय सुशान्त आर्यालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले ग १ ख ३८१९ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार आर्यालाई प्लास्टिकको बट्टाभित्र लुकाई ल्याएको अन्दाजी ४ तोला बराबरको सुन जस्तो पहेँलो धातुसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनी तनहुँ जिल्ला भिमाद नगरपालिका -६ शिव सुन चाँदी पसलमा काम गर्ने बुझिएको छ।

उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds