पोखरा । विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) लाई हराउँदै मधेस प्रदेश पोखरामा जारी प्रथम केपी ओली कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालामा जारी दोस्रो सेमिफाइनलमा सशस्त्र एपिएफलाई ११ रनले पराजित गर्दै मधेस प्रदेश प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । मधेसले दिएको १ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको एपीएफले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८४ रन मात्र बनाउन सफल भयो ।
जवाफी व्याटिङमा २२ रनमा नै २ विकेट गुमाएको एपीएफका लागि कप्तान प्रदीप ऐरी र सन्दीप जोराले सतकीय साझेदारी गरे पनि जितका लागि प्रयाप्त हुन सकेन । जोरा ५४ रन बनाएर आउट भए । प्रदीपले ५५, लोकेश बमले ३२, भुवन कार्की १३, सुमित महर्जनले १३, असिफ शेखले ४, पुरन विकले ४, अरुण ऐरी र अमर रौटेला शुन्य(शुन्य रनमा आउट भए ।
बलिङतर्फ मधेसका विशाल पटेल ३, कप्तान हरिशंकर शाह र प्रदीप पासवानले २–२ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९७ रन बनायो । मधेसका लागि अनिल शाह र इम्रान शेखले अर्धसतक प्रहार गरेका थिए । शाह ३६ बलमा ५७ रन र शेखले ३२ बलमा ५० बनाएर आउट भएका हुन् । पवन सराफले ३३ रन रुपेश सिंहले ८ बलमा २१, हिमान्शु दत्तले १५, कप्तान हरिशंकर शाहले १० बनाएका थिए ।
बलिङतर्फ एपीएफका मौसम ढकालले ३, अमर रौटेलाले २ विकेट र पुरन विकले १ विकेट लिएका थिए ।
आजै सम्पन्न पहिलो सेमिफाइनला बागमती प्रदेशलाई ४ विकेटले हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा पुगिसकेको छ । अब भोलि फाइनलमा मधेश प्रदेश र आर्मी उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् ।
सम्बन्धित खबर
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम यो वर्ष पनि फाइनलमा चुक्यो
एनपीएल फाइनलः लुम्बिनीसँग सुदूर पश्चिमको उपाधि भिडन्त शनिबार
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?