पोखरा । १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरा रंगशालामा बिहिबारबाट सुरु भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो ।
यहि मसिर १७ गते सम्म्म सञ्चालन हुने १६ औ संस्करणको हिसान स्पोर्टस मिटको उद्घाटन गर्दै गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले स्वास्थ्य नागरिक उत्पादनका लागि शिक्षा संगै खेलकुदको महत्वपूर्ण भूमिका हुने बताए । पछिल्लो समयमा खेलकुदका गतिविधि बढे संगै विश्वविद्यालयले खेलकुद अध्ययन अध्यापनका लागि स्नातक तहमा खेलकुद विषयलाई प्राथमिकतामा राखेर अघि बढाएको उनले उल्लेख गरे ।
सो अवसरमा आफ्ना भनाई राख्दै प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले सामाजिक विकास र रुपान्तरणका लागि खेलकुदको विकास अपरिहार्य रहने बताउँदै विद्यालयस्तरका खेलकुदले नै खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिने बताए ।

हिसान कास्कीका अध्यक्ष याम बहादुर रोक्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला शिक्षा समन्वय समिति कास्कीका प्रमुख लोकनाथ आचार्य, १६ औं हिसान स्पोर्टस मिटका संयोजक डा.रामजी शर्माले शिक्षा संगै खेलकुदको विकास र खेलाडी उत्पादनका लागि स्पोर्टस मिटलाई निरन्तरता दिंदै आएको बताए ।
उद्घाटन कार्यक्रममा हिसान कास्कीले विभिन्न समयमा आयोजना गरेको अतिरिक्त कृयाकलापमा बिजेता विद्यालय तथा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने विद्यार्थीहरुले सामुहिक नृत्य प्रस्तुत गरेका थिए ।
बिहिबार भएको बास्केटबल उद्घाटन खेलमा हिल पोइन्टले सोसल पव्लिक स्कुललाई २७–११ ले पराजित गरेको छ । त्यस्तै अन्य खेलमा गोर्खा वोर्डिङ स्कुलले ज्योती कुञ्जलाई ११–८ ले, बालकल्याणले डायमण्डलाई ५३–१० ले, सिर्जनाले पोखरा युनाइटेडलाई ३७–१२ ले, माउन्ट अन्नपूर्णले स्पाइरल ग्यालेक्सीलाई ६४–०५ ले र भास्करले वेलननलाई २४–१८ ले पराजित गरेको छ । त्यस्तै अन्य खेलमा पश्चिमाञ्चल, कास्की मोर्डनाइज्ड, सगरमाथा, टप्स, शिसुनिकेतन मावीले समेत आ–आफ्ना खेल जितेका छन् ।
त्यस्तै आजनै सम्पन्न छात्रा भलिबल प्लस टुतर्फ ८ खेल सम्पन्न भएका छन् । पहिलो चरणका खेलमा पोखरा आदर्श, केफ, कास्की मोर्डनाइज, प्रतिभा मावी, मदर ल्याण्ड, ज्ञानसागर, पश्चिमाञ्चल र टप्स माविले विजयी सुरुवात गरेका छन् । छात्रतर्फ ७ खेल सम्पन्न भए । जसमा केफ, सोसल पव्लिक स्कुल, सगरमाथा, पश्चिमाञ्चल, सिर्जना, पोखरा आदर्श र गुरुकुललले आ–आफ्नो खेलमा विजयी भए । आज नै प्लस टु छात्र–छात्रातर्फका व्याडमिन्टन र टेवुल टेनिसका पहिलो चरणका खेलहरु जारी रहेको व्याडमिन्टन प्रतियोगिताका सांयोजक पुरन कुंवरले जानकारी दिए
स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुनेछन् । प्रतियोगितामा मावीतह छात्र भलिबलमा २९ र छात्रातर्फ २१ विद्यालयको सहभागिता हुने हिसान कास्कीका अध्यक्ष रोक्काले जानकारी दिए ।
त्यस्तै छात्र बास्केटबलमा सर्वाधिक ३७ विद्यालयको सहभागिता रहेको छ भने छात्रातर्फ १५ टिम भिड्नेछन् । टेवुल टेनिसतर्फ २८ विद्यालयका करिव ३ सय छात्र–छात्रा सिंगल्स र डवल्समा प्रतिस्पर्धा गर्नेछन भने व्याडमिन्टन छात्र–छात्रातर्फ २४ विद्यालयका ३ सय १२ प्रतिस्पर्धीहरुको सहभागिता रहेकोे छ । विश्वविद्यालयतर्फ बास्केटबलमा ९ वटा शैक्षिक संस्थाहरुले सहभागिता जनाएका छन् ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो