तनहुँमा डेंगु सङ्क्रमणबाट थप एक बालकको मृत्यु

तनहुँमा डेंगु सङ्क्रमणबाट थप एक बालकको मृत्यु

denguee

तनहुँ । तनहुँमा डेंगुको सङ्क्रमणबाट थप एक बालकको मृत्यु भएको छ ।

व्यास नगरपालिका–१ ठुलो गाउँ निवासी १३ वर्षीय बालक इरन थापाको बुधबार गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

बालकलाई दमौली अस्पतालमा परीक्षणको क्रममा डेंगु सङ्क्रमण पुष्टि भएको र यहाँ निको नभएपछि गण्डकी अस्पतालमा लगिएको थियो ।

तनहुँमा जाडो मौसम सुरु भए पनि डेंगुको सङ्क्रमण अझै रोकिएको छैन । जिल्लामा डेंगुको सङ्क्रमणले गर्दा हालसम्म सात जनाको मृत्यु भइसकेको छ ।

तनहुँको दश पालिकामा गरी हाल सम्ममा सात हजार १६६ जनालाई डेंगुको सङ्क्रमण भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

कार्यालयका अनुसार पालिकामध्ये सबैभन्दा बढी प्रभावित व्यास नगरपालिकामा पाँच हजार आठ सय २२ सङ्क्रमण भएको छ । अन्य नौ पालिकामा एक हजार तीन सय ४४ सङ्क्रमित छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ